जमुना न्युरे ,धनगढी
कैलालीको धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाको पाचौं अधिबेशन आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलालीका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहराको सभापतित्वमा भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै
सेती प्रार्देशिक अस्पताल वरिष्ठ फिजिसियन मुटुरोग विशेषज्ञ डा .शुरेश राज कायस्थले भने पहिलेको तुलनामा अहिले यो रोग लाग्नेहरुको संख्या बढ्दै गइरहेको छ नवजात शिशु देखि बयोवृद्धलाई पनि यो रोगले छोएको छ ।
बिरामिको मुटुमा प्वाल पर्नु , मुटुमा भएका भल्वहरु नियमित संचालन नहुनु यस्ले पारिवारिक रुपमा पनि असर पार्ने गर्दछ , हामीले खाने खानामा नुनिलो कम , पिरो, मसलादार , चिल्लो पर्दाथ कम खायमा यो रोगलाइ रोकथाम गर्न सकिने बताए ।यो रोग ग्रामीण क्षेत्रमा रहेका बालबालिकाहरुलाई बढी समात्ने गरेको छ । बर्षमा मैले १२/१४ जना बालबालिकालाई आफ्नो पहलमा निशुल्क रुपमा उपचार गराउने गरेको बताए । तेस्तै कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य उत्तमराज जोशिले अहिले सर्ने रोग भन्दा नसर्ने रोगले मानिस आक्रात भएको बताए । कार्यक्रममा सस्थापक अध्यक्ष हेमराज ओझालाई समान समेत गरियको थियो ।
अधिबेशनले नयाँ नेतृत्व कृष्ण बहादुर बोहराको सयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यक्रम समिती चयन गरिएको छ भने सदस्यहरुमा गोबिन्द प्रसाद जोशी , खेमराज जोशी ,पुष्पराज जोशी , लता अवस्थी , भवानी प्रसाद जोशी , श्याम कुमार महरा , मथुरा तिमिल्सिना ,शेर सिह खड्का ,मीन बहादुर धामी , धुव्रराज ओझा रहेको निर्वाचन अधिकृत दिल बहादुर बुढाले जानकारी दिए ।