लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

साढे ५ लाखका भन्सार छलीका सामान वरामद,एक भारतीय पक्राउ

सत्ति / प्रहरीले मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका झण्डै साढे ५ लाख रुपैयाँ बराबर मूल्यका विभिन्न सामान वरामद गरेको छ । धनगढी –९ बङग्रा कटानबाट ७७ हजार, धनगढी–१ कलाकारचोक र बालुवाटारकाट ८० हजार, धनगढी–२ भन्सार रोडबाट ७१ हजार गरी २ लाख २८ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान वेवारिसे अवस्थामा वरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरि, धनगढी उपमहानगरपालिका ३ बोराडाडी चोकस्थित न्यु साहिबा टर्बो रिपेयर सेन्टरबाट अबैधरुपमा भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी मूल्य १ लाख ५० हजार रुपैयाँ बराबरका हार्डवयरका वरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले वरामद सामान सहित भारतको बिहार मोतिहारी घर भई हाल धनगढी–३ मा डेरा गरी बस्ने २७ वर्षीय निजामुनी अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी ले जानकारी दिएको छ ।
वरामद सामान मंगलबार नै कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।
त्यस्तै, कञ्चनपुरका भीमदत्त नगरपालिका–४ र ६ बाट भन्सार छली ल्याइएका अन्दाजी १ लाख ७४ हजार रुपैयाँ बराबरको लेडिज सुट, धोती, जुता, चिनी, मिठाईलगायतका सामान वेवारिसे अवस्था मा फेला पारेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८० कार्तिक १५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!