लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्लास्टिक मुक्त विद्यालय बनाउने टीकापुर प्याब्सनकाे तयारी

सत्ति / प्याब्सन टिकापुर नगर समितिका विद्यालयहरूले आफ्नो विद्यालय हातालाई प्लास्टिक रहित बनाउने बताएका छन् ।
साे अभियानको रुपमा टिकापुरकाे अस्नेहरिमा बिहिबार हाजिरी जवाफ प्रतियाेगीता तथा चित्रकला प्रतियाेगिता कार्यक्रम गरेर अभियानकाे सुरु गरिएको छ ।
टीकापुर प्याब्सन समितिमा आबद्ध संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागितामा अस्नेहरी स्थित आइ एम इ  इङ्लिस बोर्डिङ स्कुलमा भएको उक्त कार्यक्रममा दुईवटा स्पर्धा गरिएको थियो । हाजिरी जवाफ प्रतियोगिता तर्फ प्रथम रामजानकी इङ्लिस बोर्डिङ स्कुल अस्नेहरि द्वितीय सप्तऋषि माध्यमिक विद्यालय टिकापुर र तृतीय गार्डन इङ्लिस बोर्डिङ स्कुल टीकापुर रहेको थियो ।
चित्रकलातर्फ प्रथम आइ .एम. इ बोर्डिङ स्कुल अस्नेहरिकी दिपिका साउँद, द्वितीय स्थान न्युलाइट एजुकेशन होम टीकापुरकि परि चौधरी, तृतीय स्थान माउन्ट टीकापुरका सीतास्मा खड्का रहेकि थिइन् ।
टीकापुर प्याब्सन नगर समिति अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन कैलालीका पूर्व जिल्ला अध्यक्ष डिल्लीराज रेग्मी, प्याब्सन कैलालीका पूर्व जिल्ला उपाध्यक्ष दयाराम संज्याल, न्युलाइट एजुकेसन होम टीकापुरका प्रिन्सिपल जयकृष्ण तिमिल्सिनाले मन्तव्य राखेका थिए । टीकापुर प्याप्सनका उपाध्यक्ष देवेन्द्र बहादुर शाहकाे स्वागत संगै सुरु भएको कार्यक्रमको सञ्चालन प्याब्सन नगर समिति सचिव रमेश बहादुर शाहीले गरेका थिए ।
संस्थागत विद्यालय प्लास्टिक रहित बनाउने कुराकाे वक्ताहरूले प्रशंसा गरेका थिए ।


प्रकाशित : २०८० मंसिर २८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप