टीकापुर/कैलालीको टीकापुरबाट बहु-बिबाह मुद्दाका फरार प्रतिबादी पक्राउ परेकी छिन् । टीकापुर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीया माया चौधरी पक्राउ परेकी हुन् ।
कैलाली जिल्ला अदालतले २०७२ माघ १० गते उनलाई बहु-बिबाह मुद्दामा ९ महिना ८ दिन कैद र ५ हजार जरिवाना ताकेपछि उनी फरार रहेकी थिइन् ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरको ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिसकेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शनिवार, पुष ७, २०८०
प्रकाशित : २०८० पुष ७ शनिबार प्रकाशित