लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकी गाउँपालिकाको १३ औ गाउँसभा सम्पन्न ४४ आयोजनाको बजेट संशोधन

सत्ति / कैलालीको जानकी गाउँपालिकाको १३ औ सभा सम्पन्न भएको छ । गाउँ सभामा उपाध्यक्ष लालमतिदेवी कठरियाले प्रस्तुत गर्नुभएको ४४ आयोजनाको ८५ लाख ६० हजार रुपियाँ बजेट संशोधन प्रस्ताब पारित गरेको छ भने गाउँपालिकाका विगत छ महिनामा विभिन्न कार्यपालिकाका बैठकका निर्णयले गरेको ६२ लाख रुपियाँ खर्च अनुमोदन गरेको छ । 
सभाले पालिकाको जल उपयोग गुरुयोजना २०८० र पाँच सदस्यीय लेखासमिति अनुमोदन गरेको छ ।
सभामा बोल्दै  वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरीले महिला स्वास्थ्य स्वयम् सेविकाको सेवा सुविधाको बारेमा कार्यपालिकामा छलफल भए पनि सभामा समावेस नभएकोले संशोधन गर्न आग्रह गरे ।
वडा नं. ७ का वडा अध्यक्ष कमल महतोले गाउँपालिकाको १२ औ सभाले पारित गरि बड्घर चिराकीको  लागि परिचय पत्रको व्यवस्था गर्ने भनिए पनि अहिले साे कुरा नआएको बताएका थिए ।
वडा नं. ५ का वडा अध्यक्ष भिमबहादुर थारुले छाडा पशुका बारेमा योजना तथा कार्यक्रम समावेश नभएकाले बताए । गाउँसभा सदस्यबाट आएको भनाइलाई गाउँपालिका अध्यक्ष गणेश चौधरीले सम्बोधन गरेका थिए ।
विविध विषयमा बोल्दै गाउँसभा सदस्यहरुले सभामा विभिन्न विषयमा धारणा राखेका थिए । सभाका सदस्यका बिचारलाई गाउँपालिका अध्यक्ष गणेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत आशीष चौधरीले सम्वोधन गरेका थिए ।


प्रकाशित : २०८० पुष १७ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!