सत्ति / कैलालीको जानकी गाउँपालिकाको १३ औ गाउँसभाको अवसरमा वृहत रक्तदान कार्यक्रम भएको छ ।
रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको छ । जानकीगाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी लगाएतले रक्तदान गरेका छन् ।
गाउँपालिकाले रगतको अभावमा कसैले मृत्यवरण गर्न नपरोस् र रगतको आवश्यकता भए सहज रुपमा रगत उपलब्धताको लागि गाउँपालिकाले नियमित रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
प्रकाशित : २०८० पुष १७ मंगलवार प्रकाशित