लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विद्यालय स्तरीय खेलकुद करियर विकासका लागि प्लेट फर्म : नगर प्रमुख थारु

सत्ति / टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य संगै करियर विकासका लागि प्लेट फर्म हुने बताएका छन् ।
साे कुरा उनलेे टिकापुर नगरस्तरीय (साविक नारायणपुर धनसिंहपुर गाविसका विद्यालयहरु ) अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति खेलकुद प्रतियोगिताकाे उद्घाटनका अवसरमा प्रमुख अतिथिको आसन बाट बताएका हुन ।
खेलकुदले व्यक्तिलाई अनुशासित ,स्वस्थ र आत्मविश्वासि बनाउने बताउँदै खेलकाे मर्यादामा रहेर खेल खेल्न सहभागीलाई सुझाव दिए ।
टिकापुर नगरपालिका वडा नम्बर ६,७, ८ र ९ का सामुदायिक र संस्थागत गरि १८ वटा विद्यालयकाे सहभागीता रहेको साे अन्तर विद्यालय खेलकुद मा ,सुटपुट,भलिबल ,रिले दाैड, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्राे लगायतका खेल समावेश रहेका छन् ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य खेल आयोजक विद्यालय कर्णाली मावि सत्तिका प्रधानाध्यापक जगविर शाहले गरेका थिए भने विभिन्न सामाजिक अगुवा ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,प्रधानाध्यापक,विशिष्ट अतिथिहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । खेलकुद कार्यक्रमकाे अध्यक्षता कर्णाली मावि सत्तिका विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य यज्ञ न्याैपानेले गरेका थिए ।
यस खेलमा प्रतिस्पर्धि हुने प्रथम ,द्वितिय र तृतीय स्थान ल्याउने विद्यार्थीले फाइनल राउन्डमा पुनः स्पर्धा गर्नुपर्नेछ ।
फाइनल खेल कर्णाली मावि टिकापुरले गर्नेछ ।
उद्घाटन कार्यक्रममा आयोजक विद्यालयमा विद्यार्थीले साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०८० माघ ९ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!