Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
सत्ती सामुदायिक वनको अध्यक्षमा चौधरी - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ती सामुदायिक वनको अध्यक्षमा चौधरी

सत्ति / टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जित्राम चौधरी निर्वाचित भएका छन् । उनले ५३३ मत ल्याएका छन् भने ठकुल्लाले ३५३ मत प्राप्त गरेका छन्।
त्यसैगरी चौधरी प्यानलका उपाध्यक्ष मन्जु चौधरी ४८० मत ल्याई विजयी भएकी छन भने उनका प्रतिस्पर्धी कला धामीले ३३० मत ल्याइन ।
कोषाध्यक्षमा अस्मिता ठकुल्ला विजयी भइन् । उनले ५१९ मत पाइन् भने उनकी प्रतिस्पर्धा राधा जिसीले ३११ मत ल्याइन् । सहसचिवमा मोहन रावल ५२२ मत सहित विजय भएका छन् ।
सहसचिवका उम्मेदवार ओमलाल सुनारले ३०७ मत ल्याए भने सचिवमा रामकृष्ण चौधरी निर्वाचन अघि नै निर्विरोध निर्वाचित भैसकेका थिए ।
त्यसैगरी सदस्यमा ठकुल्ला प्यानलका साविक धनसिंहपुर गाविस वडा न २ चेतना नेपाली, सेतबहादुर साउँद, गंगा बिक विजयी भएका छन् । नारायणपुर ८ बाट गायत्री देवी स्वाँर, जसु देवी बिष्ट, सन्तोष नेपाली विजयी भए ।
नारायणपुर ७ बाट साधुराम चौधरी, दिलकुमारी पुन विजयी भएका छन भने नारायणपुर ५ का प्रेमलाल श्रेष्ठ र जानकी चाैधरि यश अघि नै निर्वाचित भैसकेका थिए ।
निर्वाचनमा १०५६ मतदातामध्ये ९३९ भाग लिएका थिए ।


प्रकाशित : २०८० माघ २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!