Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
विद्यार्थीलाई ‘शैक्षिक सामाग्री सहयोग ’ - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विद्यार्थीलाई ‘शैक्षिक सामाग्री सहयोग ’

सत्ति / कैलालीको टिकापुर नगरपालिकामा रहेको किवानिज क्लबले बादि समुदायका विपन्न विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेको छ । 
टिकापुर नगरपालिका वडा नम्बर ८ स्थित राष्ट्रिय आधारभूत विद्यालयकाे सामाजिक परिक्षण तथा अभिभावक भेलाको अवसरमा विद्यार्थीलाई साे शैक्षिक सामाग्री प्रदान गरिएको हो । 

कार्यक्रममा १९ जना विद्यार्थीलाई जनहि झाेला, कापीकलम ,पेन्सिल, स्वेटर प्रदान गरिएको किवानिज क्लब टिकापुरका अध्यक्ष भिम वि.क. ले जानकारी दिए । विद्यालयकाे शिक्षक अभिभावक संघका अध्यक्ष बृजराम चाैधरिकाे अध्यक्षतामा भएको सामाजिक परिक्षण
कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव दमनसिंह चाैधरि रहेका थिए ।
“शैक्षिक सामाग्री सहयोगले अति विपन्न बालबालिकाको शिक्षामा टेवा पुग्ने उनलेे बताए” । कार्यक्रमकाे विशिष्ट अतिथि टिकापुर नगर शिक्षा समिति सदस्य मञ्जु वि. क. ले आर्थिक अभावले पढाइमा समस्यामा परेका विद्यार्थीलाई यस प्रकारको सहयोग प्रभावकारी हुने बताइन्।
विपन्न अवस्थामा रहेका बादि समुदायका साे विद्यालयमा अध्ययनरत बालबालिकालाई पढाइमा सहयोग पुगाेस् भनेर सहयोग गरिएको किवानिज क्लब टिकापुरका अध्यक्ष भिम विकले बताए । साेहि अवसरमा विद्यालयलाइ खेलकुद सामाग्री पनि हस्तान्तरण गरिएको थियोे ।
शैक्षिक सामाग्री वितरण कार्यक्रम किवानिज चिल्ड्रेन फण्ड र गगन फाउन्डेसनले सहयोग गरेको क्लबका अध्यक्ष विकले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर ठकुल्ला, विद्यालयका पुर्व अध्यक्ष शेरबहादुर साउँद, जितराम चाैधरि,भाैना चाैधरि, किवानिज क्लब टिकापुरका अध्यक्ष भिम विकले मन्तव्य राखेका थिए । ६६ लाख, ६१ हजार २८९ रुपैयाँ ३३ पैसाको विद्यालयकाे वार्षिक आय व्यय लेखापाल रामकृष्ण भट्टराईले प्रस्तुत गरेका थिए भने संचालन शिक्षक सरला ठकुराठिले गरेकि थिईन् ।
 कार्यक्रममा विद्यालय स्थानीय सामाजिक अगुवा ,अभिभावक , किवानिज क्लबका पदाधिकारी तथा विद्यार्थीहरु सहभागी थिए ।


प्रकाशित : २०८० माघ २५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!