Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ।
केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले मन्त्रीमण्डल पुनर्गठन गरेकाे पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।
बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्।
मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री भने यथावत रहेका छन्।
सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीकाे समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ। साेही कारण मुख्यमन्त्रीले माओवादी बाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गर्दै माओवादी का मन्त्रीहरूलाई बर्खास्त गरिएकाे बारेमा जानकारी दिए।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।


प्रकाशित : २०८० फाल्गुन २२ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!