टीकापुर/ टीकापुरमा राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्याशाला गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्याशालाको प्रमुख अतिथिमा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख दिपक निसानी रहेका थिए भने विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरी रहेका थिए ।
कार्यशालाका अध्यक्ष समेत रहेका राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अध्यक्ष ज्ञवालीले सुदूरपश्चिममा ९० प्रतिशत भन्दा बढी स्थानीय तहका जनप्रतिनिधिबाट मानव अधिकार सम्बन्धी आफुलाई जानकारी नभएको कुरा सुनेको बताउदै मानिसले गर्ने हरेक काम मानव अधिकारमुखी हुनुपर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरुले यसलाई विषेश ध्यान दिदै नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको उक्त कार्यशालामा नेपाल पुनर्स्थापकीय न्याय मञ्चका प्रवेश राज जोशीले स्वागत गर्दै अभिमुखीकरण कार्यशालाबारे जानकारी दिएका थिए ।
अधिकारकर्मी विदेशराम चौधरीले संचालन गरेको कार्यशालामा कार्यवाहक नगर प्रमुख दिपक निसानी, प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी, राजरानि चाैधरि ,केशरबहादुर थापाले मन्तव्य राखेका थिए ।
उक्त कार्यशालामा नेपाल पुनस्थापकिय न्याय मञ्च का तारक धिताल र मधु दवाडीले सहजीकरण गरेका थिए । भने टिकापुर नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभित्र शाखा प्रमुख र संचारकर्मिहरुकाे सहभागीता रहेको थियोे ।