सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने चिसापानी स्थित कर्णाली नदीमा बेपत्ता भएका युवकको शव एक दिन बितिसक्दा पनि भेटिएन । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार उनी मृत घोषित भैसकेको छन तर अझै सम्म पनि उनको शव भेटिएको छैन । गोताखोरहरु अझै पनि उनको खोजी कार्यमा लागिरहेका छन । बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए । उनको एक छोरा र एक छोरी गरि दुई सन्तान रहेका छन ।
प्रकाशित : २०८० चैत्र १३ मंगलवार प्रकाशित