सत्ति / कञ्चनपुरमा लागुऔषध खैराे हेराेइन जस्तो देखिने पदार्थ सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बुधबार बिहान पुनर्बास नगरपालिका-११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेश का १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकि लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो ।
त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।