लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ति भन्सारकाे राजस्व असुली निरन्तर गिर्दो

सत्ति / पुर्वी कैलालीको टीकापुर र भजनी क्षेत्रबाट दिनदहाडै चाेरि निकासी बढदै गएकाे छ ।
अवैध चाेरि निकासी बढ्दो अवस्थामा राजस्व संकलन संकलन दिनप्रतिदिन घट्दै गएकाे छ । नाकामा खटिएको प्रहरीले साईकल ब्यापारी लाई तर्साउने र राती सामान ओसारपाेसार गर्ने बाट महिनावारी रुपमा रकम असुली गर्ने गरे पछि तस्करी बढेकाे एक श्राेतले जनाएकाे छ ।
सशस्त्रको खक्राैला गुल्ममा नयाँ प्रमुख भइ आएका डिएसपी खम्ब ठकुल्लाले पनि अवैध चाेरि निकासीमा कडाइ गर्नुको साटो व्यापारीलाई ग्रिन सिग्नल दिएको सत्ति भन्सार नजिकैका एक स्थानीयले बताए ।
सत्ती भन्सार कार्यालय खक्राैलाका प्रमुख दिनहरि सापकाेटाका अनुसार श्रावण महिनामा ७१ लाख ९ हजार ७ सय ५२ रुपैया राजस्व संकलन गरेकाे छ ।
त्यसैगरि भाद्र महिनामा १ कराेड ११ लाख ८० हजार ९ सय ९२ ,असाेजमा ६२ लाख ६१ हजार , कार्तिक महिनामा ९२ लाख ३५ हजार ,मंसिर महिनामा १ कराेड २४ लाख ४ हजार ,पाैष महिनामा १ कराेड ४२ लाख ७१ हजार ४ सय ५४ ,माघ महिनामा ६६ लाख ५७ हजार ९ सय ८७ र फागुन महिनामा ५६ लाख ११ हजार ४ सय ४८ रुपैया चैत्र महिनामा ७६लाख २२ हजार ५ सय ९ रुपैया राजस्व संकलन गरेकाे छ ।
त्यसै गरि वैशाख महिनाका १५ गते सम्ममा जम्मा ६ लाख बराबर मात्रै राजस्व संकलन भएकाे सत्ती भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथोकीले जानकारी दिएका छन गत आर्थिक वर्षको वैशाखमा मात्र ७६ लाख रुपैयाँ राजस्व असुली भएको तथ्यांक रहेको छ । File picture
चालू आर्थिक वर्षकाे ९ महिनामा ८ कराेड ३५ लाख ४ हजार २ सय ४२ रुपैया संकलन गरेकाे छ ।
टीकापुर र भजनी क्षेत्रका प्रहरीले साईकलमा भारतकाे तिकुनियाबाट घरायसी प्रयाेजनका लागी प्याज आलु ल्याउनेलाई कडाई गरे तापनि ठुला ब्यापारीलाई भने छुट दिएकाे पाईन्छ ।
पहिले भन्सार बाट सामान नेपाल ल्याउने व्यापारी ले पनि ल्याउन छाडेको स्थानीयकाे भनाइ छ ।
खक्राैला स्थित शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाले ठाउँ ठाउँमा चेक प्वाइन्ट राखेको देखिन्छ ।
गुल्म अगाडि ,भन्सार कार्यालयकाे गेट र भन्सार भन्दा माथि बालुवाटार क्षेत्रकाे केराबारिमा पनि चेक प्वाइन्ट राखेर व्यापारीलाई अनावश्यक दुख दिने गरेको व्यापारीकाे भनाइ रहेको छ ।
यी मध्येका दुई चेक प्वाइन्टमा व्यापारी संग २० रुपैयाँ देखि ५० रुपैयाँ सम्म रुपैयाँ असुली गर्ने गरेको दुखेको व्यापारीले गरेका छन् । दुई ठाउँमा सामान चेक गर्ने अनि भन्सार बनिसकेको सामान भन्सार कार्यालय भन्दा माथि फेरि चेक प्वाइन्ट थापेर दुख दिने गरेको र सामान फेरि पक्राउ गर्ने गरेको व्यापारीकाे भनाइ छ ।
डिउटीमा रहेका प्रहरीले रकम असुली पनि गर्न दिने अनि सामान पक्राउ गरि जिल्लाका हाकिम लाई सामान पक्राउ गरेकाे प्रतिबेदन देखाई हाकिमकाे प्याराे बन्ने गरेकाे यस कार्यले देखाउछ । खक्राैला नाकाबाट दिउसै शसस्त्र प्रहरी गेट अगाडी बाट केही अटोमा सामान आउँछ र त्याे सामान भन्सार नभित्रिएरसिधा बाटाे बाटै टिकापुर लाग्ने गरेको एक स्थानीयले जानकारी दिए ।
केही दिन अगाडि सम्ममा भन्सार भएर आउने सामान पनि बाहिरबाट तस्करले अाेसारपसार गर्न थालेकाे जसका कारण सत्ती भन्सार खक्राैलामा राजस्व संकलनमा कमी हुँदै गएकाे देखिन्छ ।
भन्सार कटाउने नेटकाे समस्या र सेवाग्राही बाट अतिरिक्त रकम लिने गरेको सेवाग्राहीकाे गुनासो रहेको छ ।
केही दिनयता मात्रै नयाँ कार्यालय प्रमुख भएर आएका सत्ति भन्सार प्रमुखले भन्सारको गस्तीमा भने जाेड दिएको स्थानीयकाे भनाइ रहेको छ ।


प्रकाशित : २०८१ बैशाख २० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!