सत्ती/ कैलारी गाउँपालिकाका विपन्न तथा सीमान्तकृत छात्राहरुलाई छात्रवृति वितरण गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समुहको आर्थिक सहयोगमा ११ जान विपन्न तथा सीमान्तकृत छात्राहरुलाई छात्रवृति वितरण गरिएको हो ।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्रबहादुर बम, शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र, सामाजिक शाखा प्रमुख यगम कलेल, नेपाली काँग्रेस कैलारी गाउँपालिका सभापति कृष्ण प्रसाद चौधरीलगायतले छात्राहरुलाई स्कूल छात्रवृति स्वरुप स्कूल झोला, छाता, कपी र डटपेन वितरण गरेका हुन ।
मानव अधिकारका लागि महिला एकल महिला समुहका कोषाध्यक्ष मीना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी रहेका थिए।