सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ मा रहेको एक मेडिकल मंगलबार सिल गरिएको छ। मेडिकल अनुगमनका क्रममा नियमविपरीत अाैषधि बिक्रीवितरण गर्ने गरेकोले अाैषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले सिल गरेको हो।
उक्त मेडिकलमा मेडिकल अनुगमनको क्रममा बेच्न नपाइने औषधिहरु पनि बेच्ने गरेको भेटिएकोले मेडिकल सिल गरिएको प्रहरी चाैकि सत्तिका प्रहरी नायब निरिक्षक अशोक खडअाैषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका अधिकृत दिपेन्द्र कुमार साहको नेतृत्वमा आएको टाेलिले मंगलबार टिकापुर ७ नारायणपुर बेलुवामा रहेको रविना मेडिकलमा अनुगमनका क्रममा बिक्री गर्न नमिल्ने नमुना अाैषधि बिक्रीवितरण गर्ने गरेको पाईएकाेले १५ दिनको लागि मेडिकल सिल गरिएको जानकारी प्राप्त भएको छ ।
टिकापुर ७ स्थित महेश कुमार श्रीवास्तवले संचालन गरेको मेडिकल १५ दिनको लागि सिल गरिएको अाैषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका अधिकृत दिपेन्द्र कुमार साहले बताए ।
साे क्षेत्रमा फार्मेसी तथा मेडिकल एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेकाे,सरकारि कर्मचारीले पनि मेडिकल संचालन गर्ने गरेको जनगुनासो रहेको अनुगमनमा रहेका एक सदस्यले बताए ।
टिकापुर नगरपालिकाले पनि झाेले, नियमविपरीत संचालनमा रहेका ,मापदण्ड अनुसार संचालन नभएका फार्मेसी तथा मेडिकलकाे अनुगमन हुनुपर्ने एक मेडिकल संचालकले बताए । नियम विपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, मेडिकल फार्मेसीहरु बन्द गरेका छौं अनुगमनमा संलग्न साहले बताएका छन् ।