जाेशिपुर / जोशीपुर गाउँपालिकाको वडा नं. ३ का सामुदायिक विद्यालयमा विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ लम्की एकाडेमिया वर्ष २०२३ /२४ का अध्यक्ष बिरबहादुर चौधरीले सरस्वती मावी मनिकापुरमा विद्यालय पोशाक र जनजागृति आधारभुत विद्यालय बञ्जरीयामा स्टेशनरी सामान वितरण गरेका हुन । उनले विद्यालयको पहुँचमा भएर पनि विपन्न बालबालिकाले विद्यालय पोशाकको अभाव झेल्नुपर्ने समस्या टार्न र अन्य सहयोगी मनहरुलाई पनि सहयोगको लागि अपिलको सन्देश प्रवाह गर्न विद्यालयमा पोशाक र स्टेशनरी सामान वितरण गरेको उनले बताए ।
बाजे स्व. शंकर प्रसाद डगौराको स्मृतिको अवसरमा लायन वीर बहादुर चौधरीले सरस्वती मावि मनिकापुरमा ६८ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय पोशाक र जनजागृति आधारभुत विद्यालय बञ्जरियामा ७० जना विद्यार्थी र विद्यालयलाई स्टेशनरी सामग्री गरि ६० हजार बराबरको सहयोग प्रदान गरेका हुन ।
सरस्वती मावि मनिकापुरमा विद्यालय पोशाक वितरण गर्दै साे कार्यक्रमका प्रमुख अतिथी जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चाैधरिले शैक्षिक क्षेत्रमा राजनिति गर्न नहुने बताए । उनले सरस्वती माविमा राजनैतिक गुटबन्दी हुने भएकाले शिक्षा लिने पवित्र थलोको रुपमा रहने विद्यालयमा कसैले राजनैतिक थलोको रुपमा नलिन आग्रह गरेर । उनले विद्यालयमा शैक्षिक गुणस्तर सँगै भौतिक विकासको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
यस्तै जनजागृति आधारभुत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्स क्लबका डिस्ट्रिक स्केटिभ चिफ आत्माराम अधिकारीले लायन्स क्बलले विभिन्न क्षेत्रमा परोपकारको सेवा गर्दै आएकोले सबैले सहयोगी भावना राखेर काम गर्नु पर्ने बताए ।
लायन्स क्लब अफ लम्की एकाडेमिया वर्ष २०२३/२४ का अध्यक्ष बिर बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स ब्लवका दिपक कुमार तिमिल्सिनाले गरेका थिए भने कार्यक्रम संचालन लायन्स क्लब अफ लम्की एकाडेमियाका संस्थापक अध्यक्ष सरोज कुमार शाहले गरेका थिए ।