सत्ति /सिमा क्षेत्रकाे प्रहरीले सिमा क्षेत्रमा आवत जावत गर्ने सर्वसाधारणलाई अनावश्यक हैरानी दिने गरेकाे बताइएको छ ।
शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाका गुल्म पतिले सिमा क्षेत्रका सर्वसाधारण र साना ब्यापारीलाई दुख दिने गरेकाे पाईएकाे छ । सिमा क्षेत्रमा भारतकाे तिकुनियाबाट सामान ल्याएर भन्सार काटेकाे सामानलाई पनि पक्राउ गर्ने गरेको स्थानीयकाे आराेप छ ।
साईकलमा भारतिय बजार बाट ल्याएकाे सामान मंगलबार शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैला का निमित्त गुल्मपति गंगाधर मल्लले दुख दिने गरेकाे टिकापुर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य भरत साउँदले बताए ।
आज बुधबार भारतकाे रत्नागिरिबाट काम गरेर घर फर्कंदै गरेका कैलालीको जानकि गाउँपालिकाका ५१ जना नेपालीकाे सुकेकाे माछा समेत पक्राउ गरि भन्सार बुझाईकाे छ । जानकीगाउँपालिका वडा न २ बढरिया र वडा न ४ कन्चपुरका ५१ जना नेपालीले भारतकाे रत्नागिरिमा माछा मार्ने काम गरि घर फर्कने बेलामा घरायसी प्रयाेगका लागि ल्याएका माछा पक्राउ गरि सत्ती भन्सार कार्यालय खक्राैला बुझाएको छ ।
रत्नागिरि काम गर्न गएकाे साेही ठाउँबाट आफुहरुले घरका अन्य सदस्यलाई खानका लागि ल्याएकाे सुकेकाे माछा पक्राउ गरि सर्वसाधारण लाई दुख दिएकाे काम गरि फर्केका जानकी गाउँपालिका वडा नं २ बढरियाका रामकुमार चाैधरीकाे गुनासाे छ ।
२२ जनाले ल्याएकाे सुकेकाे माछा शसस्त्र प्रहरीले ७ कुन्टलकाे मुल्यांकन करिब ४ लाख २० हजार गरि भन्सार कार्यालय खक्राैला बुझाएकाे छ । सिमा नाका क्षेत्रमा चाेरी तस्करीका सामान पक्राउ गर्न तिर कुनै चासाे नदिने सशस्त्रको यसप्रकारकाे दादागिरी शैली खेद जनक भएको खुशिराम चाैधरिले बताए ।
सत्ति भन्सार भएर हाल सम्ममा कुनै पनि कपडा आएकाे विवरण देखिन्न भने भजनी देखि खक्राैला का विभिन्न नाकाबाट दैनिक कपडा लगायतका सामान तस्करी हुँदा पनि हालसम्म कपडा प्रहरीले पक्राउ गरेकाे कुनै तथ्यांक भने छैन । प्रहरीले सानोतिनो परिमाणमा प्याज, चिनी माछा मात्रै पक्राउ गरेकाे पाईन्छ । पक्राउ गरेका ती सामानकाे भन्सार बुझाउँदा अस्वभाविक मूल्य राखेर भन्सार बुझाउने गरेकाे पाईन्छ ।
आज पक्राउ गरेको माछाकाे मुल्यांकन बढि भएकोले साे सामान भन्सार कार्यालय मै छाडेर घर फर्केको रामकुमार चाैधरिले बताए ।