लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकीमा जेठ १३ देखि २० सम्म आइपीभी खोप अभियान संचालन हुने १९ सय ७७ जना बालबालिकालाई खोप लगाइने

दुर्गाैलि /जानकी गाउँपालिकामा आइपीभी खोप अभियान संचालन हुने भएको छ । पोलियो रोग विरुद्धको खोप ‘आइपीभी’ अभियान अन्तरगत २०७३ साल वैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाइनेछ ।

Oplus_0


जानकी गाउँपलिकामा यहि जेठ १३ देखि २० गते सम्म संचालन हुन आइ पी भि खोप अभियान अन्र्तगत १ हजार ९ सय ७७ जना बालबालिका लाई पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ अभियान अन्र्तगत खोप लगाउने भएको छ ।
खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान संचालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरीले बताए ।
उनले आइपीभि खोप अभियानको लागि पालिकाले ५२ वटा खोप केन्द्र, ५० जना स्वाथ्यकर्मी, १०१ स्वयम् सेवक, १० जना अवाञ्छित घटना हुद नदिनका लागि विशेष टोली, १३ जना सुपरिर्वेक्षक परिचालन गर्ने बताए ।
सन् २०२६ सम्ममा पोलियो रोग उन्मुलन गर्ने सरकारको लक्ष्य अनुसार आइपीभी खोप अभियान अन्र्तगत जेठ १३ देखि २६ सम्म यस वर्ष देशभर वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपीभी खोप लगाउने तयारी रहेको छ ।
पोलियो रोग विरुद्धको खोप लगाउनका लागि संचालन भैरहेको आइपीभी खोप अभियानमा खोपबाट छुटफुट रहेका बालबालिकाका पायकपर्ने खोपकेन्द्रमा गई खोप लगाउन गाउँपालिका अध्यक्ष गणेश चौधरीले आग्रह गरे ।


प्रकाशित : २०८१ जेष्ठ १० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!