दुर्गाैलि / जानकी गाउँपालिकामा १५ दिने लेहंगा बनाउने तालिमको सम्पन्न भएको छ । तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत संचालन भएको तालिम सम्पन्न भएको छ । साे कार्यक्रमकाे समापनमा बाेल्दै जानकि गाउँपालिका अध्यक्ष गणेश चाैधरिले सिपलाई व्यवसायीकरण गर्न आग्रह गरेका छन् । उनले लेहंगा बनाउने तालिम पहिचान सँगै जोड्दै समृद्धिको लागि हुनुपर्ने बताए । यसका लागि आफुहरुले सिकेका सिपमा लगनशिल भएर काम गर्न आग्रह गर्नु गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालमति कठरियाले पछिल्लो समयमा लेहंगा प्रति आकर्षण बढ्दै गएको हुनाले तालिमबाट सिकेका सिपलाई उच्चतम प्रयोग गर्न आग्रह गरिन । उनले सिपलाई निखारताको लागि निरन्तर लाग्न आग्रह गर्दै व्यवसायिकता दिनका लागि गाउँपालिकाले सहयोग गर्ने बताइन ।
कार्यपालिका सदस्य लक्ष्मी चौधरीले तालिम र सिप जिवनोपयोगी भएकोले लेहंगा पहिचान सँगै जोडेर आउने भएकाले सिपबाट बन्ने बस्तुलाई महत्व दिन आवश्यक रहेको बताइन् ।
गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको समापनमा प्रशिक्षक लखन चौधरी, प्रशिक्षार्थी, सोनु चौधरी, उर्मिला चौधरीले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन नेत्र प्रसाद जैशीले गरेका थिए ।
जानकी गाउँपालिकाको आयोजना तथा तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत १५ दिने लेहंगा बनाउने तालिममा ११ जना सहभागि रहेका थिए ।
प्रकाशित : २०८१ जेष्ठ ११ शुक्रबार प्रकाशित