सत्ति / टिकापुर आजको तापक्रम बढेर ४३ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिनयता देखि तापक्रम बढ्दै गइरहेको छ । बुधबार ४२ डिग्री रहेको थियो ।
मौसमविद्का अनुसार, “नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ ।”
अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढी मा ४३ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
अत्याधिक गर्मिका कारण तराईका विभिन्न स्थानीय तहले विद्यालय विदा गरेका छन् ।
टिकापुर नगरपालिकाले भने यहि १७ गतेदेखि २१ गतेसम्म विद्यालय विदा गरेको छ ।