लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

आदर्श टोल विकास संस्थाको पहिलो साधारण सभा सम्पन्न

बैदि / टिकापुर नगरपालिका वडा नम्बर सात बैदि स्थित रहेको आदर्श टोल विकास संस्थाकाे पहिलो साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
टोल विकास संस्थाका अध्यक्ष वासुदेव काेइरालाकाे अध्यक्षतामा भएको साे कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए ।
कार्यक्रममा चेतनशील टोल विकास संस्थाका अध्यक्ष पुर्ण बहादुर खड्का, जुनतारा टोल विकास संस्थाका अध्यक्ष सकुन्तला चाैधरि, हरियाली ग्रामीण विद्युत सहकारीका अध्यक्ष नरेन्द्र रेग्मी,सामुदायिक सिकाइ केन्द्र नारायणपुरका अध्यक्ष टाेप बहादुर केसी ,सुदुर सन्दर्भ डटकमका संचालक ,निर्देशक भिम विक लगायतले मन्तव्य राखेका थिए । साे टोल विकास संस्थाले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा खाधान्न तथा दस दिने श्रम सहयोग , टिकापुर ८ वनगाउँ स्थित मसानघाट सरसफाइ, नियमित बाटो सरसफाइ गरेको प्रगति विवरण अध्यक्ष वासुदेव काेइरालाले पेस गरेका थिए । संस्थाकाे २०८१ वैशाख मसान्तसम्मकाे २६,६७५ रुपैयाँको आयव्यय काेषाध्यक्ष सविना चाैधरिले प्रस्तुत गरेकि थिइन् ।
कार्यक्रममा चेतनशील टोल विकास संस्थाका अध्यक्ष पुर्णबहादुर खड्काले आदर्श टोल विकास संस्थाले सराहनीय काम गरेको भन्दै आफुले पनि साे टोल विकास संस्थाले गरेका काम बाट प्रभावित भएको बताएका थिए । प्रमुख अतिथि वडा अध्यक्ष न्याैपानेले वडा भित्र हुने विकास निर्माणका काममा अबदेखि उपभोक्ता समिति मार्फत नभइ टोल विकास संस्थालाई जिम्मेवारी दिने बताएका थिए ।
कार्यक्रममा अर्का वक्ता टाेप बहादुर केसीले टोल वासिकाे सक्रियता लाई ध्यान दिँदै वडाले पनि क्षमता विकास ,जिविकाेपार्जन र अन्य कार्यक्रम दिनुपर्नेमा जाेड दिएका थिए । त्यस्तै पत्रकार भिम विकले जनताको सेवा गर्नेछु भनेर पदमा पुग्ने र पद पाएपछि आफुलाई जनता भन्दा माथि ठान्ने विकासका नाममा नातेदार ,दलका कार्यकर्ता मात्रै समेट्ने जनप्रतिनिधिको मुल्यांकन जनताले चुनावमा जनमत प्रकट गरेर दिने बताउँदै जनमत लिएका जनप्रतिनिधिले कानुन विपरीत काम गरे पाएकाे पद पनि गुमेको बताउँदै जनहितमा काम गर्नुपर्ने बताएका थिए ।
पहिलो साधारणसभा बाट अध्यक्ष पदमा गाेविन्द काेइराला ,उपाध्यक्ष अर्जुन केसी ,सचिव बालिका पुन जाेशि, सह सचिव प्रतिभा तारामि साउँद र काेषाध्यक्षमा सविना चाैधरि चयन भएकाे जनाएको छ ।
३११ वटा टोल विकास संस्था टिकापुर नगरपालिकामा रहेको । वडामा १२ वटा टोल विकास संस्था रहेको र अन्य गाउँमा गठनको प्रक्रियामा रहेको जनाइएको छ ।


प्रकाशित : २०८१ जेष्ठ १९ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!