लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकी गाउँपालिकाको १४ औ गाउँसभा शुरु

सत्ति / जानकि गाउँपालिकाकाे १४ अाै गाउँ सभा बुधबार देखि सुरु भएको छ । गाउँसभामा क्षेत्रगत निती तथा कार्यक्रम अन्तरगत सामाजिक विकास क्षेत्र तर्फ शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने,  आधा समय गाउँपालिकालाई, आधा समय बालबालिका लाई, एक विद्यालय एक नर्स कार्यक्रम,पढ्दै कमाउदै, एक वडा एक नमुना विद्यालय, अध्यक्ष छात्रवृत्ति कार्यक्रम, विद्यालय सँग अध्यक्ष कार्यक्रम, विद्यालय सौन्र्दर्यीकरण कार्यक्रम, हरित विद्यालय, एक वडा एक खेल मैदानको कार्यक्रम ल्याएको छ । 
स्वास्थ्यको लागि १५ शैया अस्पतालको लागि पहल गर्ने, पोषण कर्नर स्थापना, पोषण  सम्बन्धि विभिन्न कार्यक्रम संचालन, सचतेनामुलक स्वास्थ्य विमा कार्यक्रम,  प्रसुतीलाई निशुल्क एम्वुलेन्स सेवा,रक्तदान जिवन दानको कार्यक्रम निरन्तरता, रोजगारबारे सचेतनामुलक कार्यक्रम रहेका छन् भने बाल विवाह रोक्न नितीगतरुपमा काम गर्ने, अभिभावक विहिन बालबालिका प्रोत्साहन कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम रहेको छ।  
जग्गा सम्बन्धि अधुरा कार्य पुरा गर्ने, खानेपानी र सरसफाईको क्षेत्रमा एने नियम र कार्यविधि बनाएर काम गर्ने भएको  छ । 
आर्थिक विकास तर्फ कृषकलाई यान्त्रीकरणमा उत्प्रेरित गर्ने, आकस्मिक बाली सेवा, एकल, द्धण्द पिडित, एकल महिलाका लागि स्वरोजगारको कार्यक्रम, कृषि करेसाबारी कार्यक्रम, जैविक उत्पादनलाई प्रोत्साहन,  हाम्रो जानकी उज्जालो जानकी, एक वडा  सुपथ मुल्य सहकारी पसल, हरियाली प्रवर्द्धन कार्यक्रम, जानकी पार्क निमार्ण प्रक्रिया, गाउँपालिकाको प्रशासनिक भवन निमार्ण,  वडाका कार्यालयको भवन नरहेका वडाका भवनहरु निर्माण प्रक्रिया  कार्यक्रम रहेको छ  । 
सभामा पुर्ण डिजिटल जानकी गाउँपालिका, नवप्रवर्तन प्रोत्सान कार्यक्रम, बड्घर चिराकीको ऐन कार्यान्वन, राजश्व संकलनका लागि एपको प्रयोग, कला सँस्कृति, सम्पदा परम्परालाई प्रवद्र्धन र आर्थिक उपार्जन सँग जोड्ने , रैथाने खाना प्रवद्र्धन गर्ने, बक्लौवा होमस्टेलाई प्रवर्द्धन गर्ने, न्यायीक सम्पादनको कार्यक्रम प्रभावकारी बनाउन इजलास निमार्ण, र सामाजिक सुरक्षा भत्ता नविकरणको शिविर संचालन जस्ता  कार्यक्रम ल्याएको छ । 
सभामा ल्याइएको निती तथा कार्यक्रम माथि वडा सदस्य चित्रा कुमारी कठरियाले संशोधन गर्न आग्रह गरेकि थिइन् । उनले अध्यक्ष छात्रवृत्ति कार्यक्रम नभई गाउँपालिका छात्रवृत्ति अनुदान कार्यक्रम ल्याउन आग्रह गरिन् । 
वडा सदस्य विष्णा देवी सुनारले  गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयको भवन अधुरा रहेकाले  त्यस्ता विद्यालयको अधुरा भवन निमार्णको कार्यक्रम समावेश गर्न आग्रह गरिन् ।
वडा सदस्य खगेन्द्र विकले कालोपत्रे सडक सँगै पक्की नाला निर्माणको अवधारण ल्याउनुपर्ने बताए ।
सभाको शुन्य समयमा बोल्दै वडा सदस्य बलिराम चौधरीले गाउँपालिकाको वडा नं. १ दुगौैली देखि वडा नं. ७ सम्मको बाटो राम्रो बनाउनु पर्ने बताए । 
वडा सदस्य राजाराम थारुले वडा स्तरिय अनुगनमा भत्ताको व्यवस्था हुनुपर्ने बताए । 
सभामा विधायन सभाका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष सुरेश कुमार चौधरीले जानकी गाउँपालिकामा सार्वजनिक सवारी तथा यातायात व्यवस्था ऐन २०८१ र साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१ प्रस्तुत गरेका थिए । 
गाउँसभामा ल्याएको निती तथा कार्यक्रम  र विधेयक सर्वसम्मतरुपमा पास भएको छ ।
सभाको अर्को बैठक आज दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ  । 


प्रकाशित : २०८१ असार ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!