लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्कायो

भजनी /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । भजनी नगरपालिका वडा न . १ भजनी बजार नजिकै रहेको पशुपति सामुदायिक , मोहन्याल सामुदायिक वन र वनदेबी सामुदायिक वन भजनी नगरपालिका वडा ९ कुँडिमा बाढीपीडितका नाममा अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको हाे ।
सामुदायिक वनमा करिब ५०० घरपरिवारले बाढी पीडितको नाममा अतिक्रमण घर टहरा निमार्ण गरेका थिए । २०७७ सालमा मोहना नदिमा आएको बाढिले बाढिपीडित घरलाइ भजनी नगरपालिका र सामुदायिक बनले केही समयका लागि अस्थायी घर टहरा बनाइ बस्न दिएको थियो । सुरुमा २०/२५ घर बाढीपीडित रहेका घर दिन प्रतिदिन बढ्दै भजनी भन्दा बाहिर भुरुवा , कुडि ,खुरखुरिया , ठेङ्गापुर ,बर्दवाफाट , सोल्टा , लगायत ठाउँ बाट आयर वन अतिक्रमण गरि ५ सय घरटहरा बनाएको पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम चौधरीले जानकारी दिए ।
सामुदायिक वनले बाढी सकिए पछि बाढिपिडित लाइ आफ्नो पुरानै बासस्थान फर्किन र सामुदायिक वनको जमिन छोड्नका लागि पटकपटक मौखिक तथा लिखितरुपमा सुचना दिदै आएको थियो ।
यसरी पटकपटक सुचना दिदा पनि अतिक्रमण जमिन नछोडे पछि आज ( साेमबार) डिभिजन वन कार्यलय पहलमानपुरलेअतिक्रमण गरि बनाएका घरटहरा भत्काएको छ।
डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरको नेतृत्वमा , डिभिजन बन कार्यलय मातहतमा रहेका सबै वन कर्मचारी , सशस्त्र बन रक्षक , नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहितको टोलि अतिक्रमण खाली गराउन खटिएको छ।
यसरी बसन्ता क्षेत्रको कोरिडोर नजिक रहेका सामुदायिक वन अतिक्रमणको चपेटामा परे पछि डिभिजन वन कार्यलयले पहलमानपुरले सब डिभिजन वन कार्यालय भजनि मार्फत पटकपटक अतिक्रमण क्षेत्र खालि गर्न सुचना , पत्राचार समेत गरि जानकारि गराएको थियो ।
साे वन क्षेत्रमा रहेका ५ सय घर टहरा रहेकाेमा पत्रचार पछि ४ सय घरटहरा उठ्न बाँकी रहेकोले उनिहरुलाई डिभिजन वन कार्यलय पहलमानपुरले बल प्रयाेग गरि उठाउनु परेको सब डिभिजन बन कार्यलय भजनी प्रमुख मो.ताहुसेन मिकरानी जानकारी दिए । अतिक्रमण गरि बनाएका ४०० घरटहरा र २० हेक्टर जमिन खाली गराइको छ ।
सामुदायिक बन अतिक्रमण गर्ने लाई वन ऎन २०७६ दफा ५०को ३ अनुसारको ५ बर्ष कैद वा एक लाख जरिवाना तथा दुबै सजाय गरि सो अतिक्रमण गरियको जमिन राष्ट्रिय वनमा गरि सो जग्गामा बनायका सरचना हटाउन र प्रयोग गरियका समान जफत गर्ने र अतिक्रमण गर्दा बन पैदावर हटायमा वा हानिनोक्सानी गरेमा पनि सोही ऎन अनुसारको कारबाही हुने डिभिजन बन कार्यलय पहलमान पुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।
उनले भने अतिक्रमण हटाएको ठाँउमा घेरबार गरि वृक्षारोपण गरिने बताए ।


प्रकाशित : २०८१ असार १० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!