लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सु.प. बाट मात्र ६ जनाले ल्याए ४ जिपिए

२०८० सालको एसइई परीक्षामा सुदूरपश्चिमबाट ६ जना विद्यार्थीले मात्रै ४ जिपिए हासिल गरेका छन्।

४ जिपिए हासिल गर्ने ४ जना कैलालीका र २ जना कञ्चनपुरका हुन। सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षा कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीले सामुदायिक विद्यालयतर्फ सर्वाधिक ४ जिपिए हासिल गरेकी छन्।

गोदावरीकै सैनिक आवासीय महाविद्यालय तेघरीका एक तथा सत्यवदी एकेडेमीका निर्मल ठगुन्नाले पनि ४ जिपिए हासिल गरेका छन्। यस्तै, टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले पनि ४ जिपिए हासिल गरेका छन्। कञ्चनपुरको इन्टरनेशनल स्कुल र कञ्चनजङ्घा इङ्लीस बोर्डिङका एक एक जनाले पनि ४ जिपिए हासिल गरेका छन्। सुदूरपश्चिमका अन्य ७ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन्। 

२०८० चैत १५ देखि २७ गतेसम्म चलेको एसइई परीक्षामा सुदूरपश्चिमका ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएका थिए। सुदूरपश्चिमका ३३ हजार ७४४ जनाको एनजी नतिजा आएको शिक्षा निर्देशनालयले जनाएको छ।

साभार : दिनेश खबर


प्रकाशित : २०८१ असार १४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप