लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लक्ष्मीनारायणले गर्याे स्थापनाकाे अवसरमा ‘ट्रस ’ निर्माण

खक्राैला / टिकापुर नगरपालिकाको वडा नम्बर ९ खक्राैलास्थित शिव मन्दिरमा ‘ट्रस ’ निर्माण गरिएको छ । मन्दिरमा आउने भक्तहरुको सहजताका लागि ट्रस निर्माण गरिएको हो । यो ट्रस रु ४५ हजारको लागतमा निर्माण भएको जनाइएको छ ।
टिकापुर ६ नारायणपुर स्थित लक्ष्मीनारायण सहकारीले आफ्नो १३अाैं स्थापना दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व क्षेत्र कार्यक्रम अन्तर्गत रु ४५ हजार रुपैयाँको लागतमा ट्रस निर्माण भएको सहकारीका अध्यक्ष कपुरसिंह कडायतले जानकारी दिए।
ट्रस ब्रिज निर्माण भए पछि यहाँ आउने भक्तहरुका लागि सहजता हुने अपेक्षा गरिएको अध्यक्ष कडायतले बताए । ट्रस हस्तान्तरण कार्यक्रमकाे अध्यक्षता शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय धामीले गरेका थिए भने प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरिले रहेका थिए भने विशिष्ट अतिथि टिनपा ७ का अध्यक्ष यज्ञप्रसाद न्याैपाने र लक्ष्मी नारायण सहकारीका अध्यक्ष कपुरसिंह कडायत रहेका थिए । कार्यक्रममा सामुदायिक सहकारी सत्तिका अध्यक्ष पल बहादुर बस्नेत ,सामुदायिक सिकाइ केन्द्र सत्तिका अध्यक्ष टाेप बहादुर केसी ,रेडक्रस नारायणपुरका सभापति धनसरि काेइराला,सत्ति कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चाैधरि, भानु पुस्तकालयका अध्यक्ष मनिराम ढुंगाना,पत्रकार यकिन्द्र तिमिल्सिना लगायतका महानुभावले मन्तव्य राखेका थिए ।
पछिल्लो समय यहाँका स्थानीय युवाले साे शिव मन्दिरको संरक्षण ,प्रवर्द्धनका लागि देश विदेश ,स्थानीय तथा विभिन्न संस्थालाइ सहकार्य गरेका छन् । भने लक्ष्मी नारायण सहकारीले आफ्नो कार्यक्षेत्रमा विभिन्न सामाजिक काममा वर्षेनि सहयोग गर्ने गरेको छ ।


प्रकाशित : २०८१ असार १५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!