लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रहरी चाैकि सत्तिका इन्चार्ज खड्का प्रहरीकै नियन्त्रणमा : सार्वजनिक स्थलमा गालीगलौजको आरोप

सत्ति/ प्रहरी चौकी सत्तीका ईन्चार्जले जथाभावि होल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।
टिकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा तथानाम गाली गलौज गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।
जनगुनासो आएपछि नियन्त्रणमा लिएर मापसे चेक गर्न पठाएको ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीका ईन्चार्ज डिएसपी विश्वराज अधिकारीले बताएका छन् । नियन्त्रणमा लिएका छौ डिएसपी अधिकारीले भने अहिले अस्पतालमा स्वास्थ्य जाँच भैरहेको छ ।
सार्वजनिक स्थलमा प्रहरी चौकी सत्तीका ईन्चार्ज खड्काले गालीगरिरहेको भिडियो र अडियो समेत सुदूर सन्दर्भ डटकम संग सुरक्षित रहेको छ ।
उनले मदिरा सेवान गरी अनाहकमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । सादा पोशाकमा रहेका ईन्चार्ज खड्का मादक पदार्थ सेवन गरेको समेत प्रत्यक्षदर्शी संग स्विकारे थिए ।


प्रकाशित : २०८१ असार १६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप