बैदि / भारत बाट लुकाइछिपाई नेपाल ल्याउन लागेको २ सय किलोग्राम माछा नष्ट गरिएको छ । सशस्त्र प्रहरीको बाेर्डर आउट पाेष्ट कालाकुण्डा कार्यालयले उक्त परिमाणको माछ साेमबार बिहान नष्ट गरेको हो ।
कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ९ काे ५०७ नम्बर पिलर नजिकै बाट राति साढे नाै बजेको समयमा माछा भित्री रहेको भन्ने सूचनाको आधारमा पुगेको विअाेपि कालाकुण्डाका प्रमुख रिसिराम बस्नेतको टोलीले उक्त परिमाणको माछा नष्ट गरेको हो ।
नियन्त्रणमा लिएकाे माछा स्थानीय ,जनप्रतिनिधि ,पत्रकार लगायतको राेहवरमा विअाेपि कार्यालय परिसरमा नष्ट गराएको हो ।
से२ प २४८ नम्बरको यामाहा कम्पनीको ग्ल्याडियटर माेटर साइकल सहित माछा समातिएको हो । भारतबाट माछा ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेको पाइएको छ । पक्राउ गरेको माछा र माेटरसाइकलकाे मुल्य १ लाख ५० हजार रुपैयाँ मुल्यांकन सशस्त्र प्रहरीले राखेको छ ।