Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
ट्राफिक प्रहरी सत्ति द्वारा सवा ४ लाख राजस्व संकलन - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ट्राफिक प्रहरी सत्ति द्वारा सवा ४ लाख राजस्व संकलन

माेहित श्रीपाइलि ,सत्ति / सुदुर पश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तरगतकाे अस्थायी ट्राफिक प्रहरी सत्तिले गत आर्थिक वर्षमा रू.४ लाख २४ हजार राजस्व संकलन गरेको छ । कार्यालयले ६ सय सवारी साधनलाई जरिवाना गराई उक्त राजस्व संकलन गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय सत्तिका प्रमुख प्रहरी हवल्दार जयहरि चन्दले बताए ।
आर्थिक पारदर्शीता कायम गर्नका लागि पछिल्लो समयमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन धनीलाई पुर्जी काटेर बैंकिङ प्रणाली बाट राजस्व भुक्तानी लिने गरेको छ ।

उनका अनुसार ४ वटा बस बाट ३ हजार ५ सय,३९ वटा ट्रक ,टिप्पर बाट २७ हजार ५ सय २० वटा जिप,कार बाट १४ हजार ५ सय, ४ सय ४२ वटा माेटरसाइकल बाट ३ लाख १० हजार ,६५ वटा ट्रयाक्टर बाट ४६ हजार रुपैयाँ गरि कुल ४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको चन्दले जानकारी दिए ।
अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिले प्रहरी चाैकि सत्तिकाे सहयोगमा गतआर्थिक वर्षमा जनचेतनामूलक ३६वटा कार्यक्रम गरेको जानकारी दिएको छ भने चालक संग १मिनेट
अभिभावक र विद्यार्थी संग ट्राफिक प्रहरी कार्यक्रम संचालन गरेको बताइएको छ ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने , हेल्मेट एवम् सिटबेल्ट नलगाई सवारी चलाउने , ओभरलोड बोकेका , तीव्र गतिमा चलाउने सवारी साधन बाट जरिवाना संकलन गरिएको उनले जानकारी दिए ।

सुदुर पश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया संग प्रदेशभरिकाे जानकारी लिन खाेज्दा तथ्यांक तयार गर्दै गरेको भएको सुप प्रदेश अत्तरियाका प्रवक्ता डिएसपी अनिल कुमार उप्रेतीले सुदुर सन्दर्भ डटकमलाई जानकारी दिए ।


प्रकाशित : २०८१ श्रावण १ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!