लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सवारी नियम उल्लंघन गरे बापत ५ करोड राजस्व असुली

सत्ति / राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गतआर्थिक वर्ष २०८०/८१ मा ७४ हजार १ सय ५ वटा सवारीसाधनलाई सवारी नियम उल्लंघन गरे बापत कार्बाही गरेर ४ करोड ९३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

दुर्घटनामा परेका सवारीसाधनमा मोटरसाइकल २ सय ७ , ट्याङ्कर र ट्रयाक्टर १९ , टिप्पर ९ , डाेजर ३ ,बस २४, माइक्रो ७ , जिप,कार , ५०, ट्रयाक्टर ४० , टेम्पो १७, शारीरिक शक्तिबाट चल्ने २६ र अन्य गरेर ४ सय ६ रहेकाे राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेतीले बताए ।


त्यसैगरी मृत्यु हुनेमा १ सय ७२ जना रहेको छ । जस मध्ये महिला २३ जना , पुरुष १ सय ३७ जना , बालक ७ जना , बालिका ५ जना रहेका छन् भने २ सय ६९ जना सामान्य घाइते रहेका छन् ।प्रबक्ता उप्रेतीले ट्राफिक प्रहरीको काम राजस्व संकलन मात्रै नभएर दुर्घटना न्यूनीकरण गर्ने भएको बताए ।

दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रम ६ हजार ६ सय २६ वटा गरेको उप्रेतीको भनाइ छ । जसमध्ये सवारीचालक संग २ मिनेट , अभिभावक संग ट्राफिक प्रहरी , विद्यार्थी संग ट्राफिक प्रहरी लगायतका जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताइएको छ ।


प्रकाशित : २०८१ श्रावण १ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप