माेहित श्रीपाइलि ,सत्ति / सुदुर पश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तरगतकाे अस्थायी ट्राफिक प्रहरी सत्तिले गत आर्थिक वर्षमा रू.४ लाख २४ हजार राजस्व संकलन गरेको छ । कार्यालयले ६ सय सवारी साधनलाई जरिवाना गराई उक्त राजस्व संकलन गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय सत्तिका प्रमुख प्रहरी हवल्दार जयहरि चन्दले बताए ।
आर्थिक पारदर्शीता कायम गर्नका लागि पछिल्लो समयमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन धनीलाई पुर्जी काटेर बैंकिङ प्रणाली बाट राजस्व भुक्तानी लिने गरेको छ ।
उनका अनुसार ४ वटा बस बाट ३ हजार ५ सय,३९ वटा ट्रक ,टिप्पर बाट २७ हजार ५ सय २० वटा जिप,कार बाट १४ हजार ५ सय, ४ सय ४२ वटा माेटरसाइकल बाट ३ लाख १० हजार ,६५ वटा ट्रयाक्टर बाट ४६ हजार रुपैयाँ गरि कुल ४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको चन्दले जानकारी दिए ।
अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिले प्रहरी चाैकि सत्तिकाे सहयोगमा गतआर्थिक वर्षमा जनचेतनामूलक ३६वटा कार्यक्रम गरेको जानकारी दिएको छ भने चालक संग १मिनेट
अभिभावक र विद्यार्थी संग ट्राफिक प्रहरी कार्यक्रम संचालन गरेको बताइएको छ ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने , हेल्मेट एवम् सिटबेल्ट नलगाई सवारी चलाउने , ओभरलोड बोकेका , तीव्र गतिमा चलाउने सवारी साधन बाट जरिवाना संकलन गरिएको उनले जानकारी दिए ।
सुदुर पश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया संग प्रदेशभरिकाे जानकारी लिन खाेज्दा तथ्यांक तयार गर्दै गरेको भएको सुप प्रदेश अत्तरियाका प्रवक्ता डिएसपी अनिल कुमार उप्रेतीले सुदुर सन्दर्भ डटकमलाई जानकारी दिए ।