लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विद्यालयकाे शैक्षिक सुधारका लागि सर्वपक्षीय छलफल

बैदि / टिकापुर नगरपालिका–७ बैदि स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको समग्र पक्ष सुधारका लागि शुक्रबार छलफल भएको छ ।
जनता राष्ट्रिय माविको आयोजनामा शुक्रबार विद्यालयमा सरोकारवालाबीच सर्वपक्षीय छलफल गरिएको हो ।

छलफलमा टिकापुर नगरपालिकाकै पुरानो र उत्कृष्ट विद्यालयका रुपमा रहेको जनता राष्ट्रिय माविको सुधारका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र अभिभावक जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिईएको टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नरेश अवस्थिले जानकारी दिए ।

कुनै एक पक्षले चाहेर मात्रै शिक्षामा सुधार नआउने भएकोले सरोकारवाला सबैपक्ष जागरुक हुनुपर्ने कुरामा जोड दिँदै शाखा अधिकृत अवस्थिले जनता राष्ट्रिय माविको सुधारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाए । गतवर्षको शैक्षिक सत्रमा साे विद्यालयकाे नतिजा शुन्य आएकोले साे विद्यालयकाे शैक्षिक सुधारका लागि गरिएको छलफलमा सहभागीहरुले आआफ्नो क्षेत्र बाट विभिन्न सुझाव दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरण धितालले विद्यालयलाई सफल बनाउनको लागि सम्पूर्ण अभिभावक,कर्मचारी,विद्यार्थी र व्यवस्थापन समितिको पूर्ण सहयोगको आवश्यक रहने भएकाले सम्पूर्णमा सहयोग गर्न अपिल गरे ।

साे कार्यक्रममा टिकापुर नगरकार्यपालिका तथा नगर शिक्षा समितिका सदस्य मञ्जु वि.क.ले जनता राष्ट्रिय माविको आफु विद्यार्थी ,दुई पटक विद्यालय व्यवस्थापन समितिको सदस्य र एकपटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भैसकेकोले विद्यालयकाे वारेमा आफु जानकार रहेको उल्लेख गर्दै सुधारका लागि आफु नगरपालिकामा निरन्तर पहल गरिरहेको बताइन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका टिकापुर नगरपालिका ७ नम्बर वडा अध्यक्ष यज्ञ न्याैपानेले अभिभावकमा शैक्षिक चेतनाको अभाव, विद्यार्थीमा पढ्नु पर्छ भन्ने भावनाको कमि र अन्य कारणले गुणस्तरीय शिक्षा नभएको बताए ।

उनले विद्यालयको शैक्षिक विकासका लागि सबैलाई सहयोगका लागि आग्रहसमेत गरे । विद्यालयमा नियमित नआउने, अभिभावक संगै भारत जाने , बाढीका कारणले पढाइ प्रभावित हुने , लगायतका समस्या रहेकाे बताइएको थियोे । सो सर्वपक्षीय छलफलमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नन्द बाेहरा, नगर शिक्षा समिति टिकापुरका सदस्य मञ्जु वि. क., सामुदायिक सहकारी सत्तिका अध्यक्ष पल बहादुर बस्नेत, टिनपा ७ का अध्यक्ष यज्ञ न्याैपाने,शिक्षा शाखा अधिकृत नरेश अवस्थि, नगर शिक्षा समिति टिकापुरका सदस्य रघु उपाध्याय , साे विद्यालयका शिक्षक ,विद्यार्थी ,पुर्वविद्यार्थी , अभिभावक लगायतले सुझाव राखेका थिए ।
कार्यक्रमकाे अध्यक्षता शिक्षक अभिभावक संघका ज्येष्ठ सदस्य डबल बहादुर साउँदले गरेका थिए भने संचालन भिम बहादुर वि. क .ले गरेका थिए ।


प्रकाशित : २०८१ श्रावण ६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप