लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी खक्राैलाले नागरिकलाई सास्ती दिएको आराेप

खक्राैला / टिकापुर ९ खक्राैला स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैलाले नागरिकलाई अनावश्यक हैरानी गरेको बताइएको छ ।
सशस्त्र प्रहरी कालाकुण्डा द्वारा शनिबार आयोजित सिमाक्षेत्रका बासिन्दा तथा सराेकारवाला संग भएको अन्तरक्रियामा साे कुरा बताइएको हो ।
सशस्त्र प्रहरी खक्राैला गुल्म र खक्राैला भन्सार अगाडि सर्वसाधारण र व्यापारीलाई चेकजाँच गर्नुका साथै भन्सार कार्यालय भन्दा करिब ८ सय मिटर माथि बालुवाटारमा चेक गर्ने बहानामा हैरानी दिने गरेको साे कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
सशस्त्र प्रहरीकाे विअाेपि कालाकुण्डाका प्रमुख ऋषिराम बस्नेतले साे कुराकाे बारेमा सम्बन्धित निकायका प्रमुखलाई सुझाव दिनुपर्ने बताए ।
साे छलफल सिमा क्षेत्र बाट हुने चाेरि निकासी नियन्त्रण लागूऔषध नियन्त्रण , सिमानामा अलपत्र परेका नेपाली नागरिकका लागि सहजिकरण गरेको बताएका थिए ।
कार्यक्रमका सहभागी तुलबहादुर बाेहराले सिमाना मा नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,राष्ट्रिय अनुसन्धान लगायतका निकायकाे उपस्थिति भए पनि लागू औषधकाे ओसारपसार नियन्त्रण हुन नसक्नु दुखद कुरा भएको बताएका थिए । स्थानीय इन्दल गाेडियाले किसानले मल ल्याउनमा हैरानी भएकोले जनप्रतिनिधिले समन्वय गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमका अर्को सहभागी प्रहरी चाैकि कालाकुण्डाका एक प्रहरीले प्रहरीले साधन स्रोतले भ्याएसम्म काम गरेको बताएका थिए । वयस्कले मात्रै नभई बालबालिकाले लागूऔषध सेवन गर्ने गरेको तथ्य चेकजाँचका क्रममा भेटिएको उनलेे बताएका थिए । पत्रकार भिम वि.क.ले सिमानामा बस्ने प्रहरीको इच्छाशक्ति भए लागू औषधका काराेबारि र प्रयाेगकर्ता धेरै हदसम्म पक्राउ पर्ने र निरुत्साहित हुने बताएका थिए ।
दुर्व्यसनि सेवनकर्ताले थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको बताउँदै यसको नियन्त्रणका लागि सबैको उत्तिकै प्रयास हुनुपर्नेमा जाेड दिएका थिए। ‘खुला सिमाका कारण अवैधरूपमा सामान आउने क्रम नभएको उनको भनाइ थियो । कार्यक्रमका अर्का सहभागी टिकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला र वडा नम्बर ७ का वडा अध्यक्ष द्वयले सिमानाकाे प्रमुख समस्या लागुऔषध नियन्त्रणका लागि आफ्नोतर्फ बाट सक्दो सहयोग हुने बताएका थिए भने सशस्त्र प्रहरीले सत्ति भन्सार कार्यालय भन्दा माथि गर्ने चेकजाँचका बारेमा सशस्त्र प्रहरी खक्राैलाका गुल्मपति संग समन्वय गर्ने बताएका छन् । यसैगरी
प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैलाका गुल्म पति डिएसपी खम्ब ठकुल्लाकाे सरुवा भइ उनको ठाउँमा गुल्म पतिका रुपमा पुर्ण चन्द आजै आउँदै गरेको एक स्रोतले बताएको छ ।


प्रकाशित : २०८१ श्रावण १३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!