लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

समयमै लिलाम नहुँदा सवारीसाधनमा खिया लाग्दै

खक्राैला / टिकापुर नगरपालिका वडा नम्बर -९ स्थित रहेको सत्ति भन्सार कार्यालय पछाडि जाने हो भने यत्रतत्र सवारीसाधन देख्न सकिन्छ । भन्सार कार्यालय परिसरमा विगत अढाई वर्ष देखि सुरक्षा निकाय र सत्ति भन्सार कार्यालयले समातेका सवारीसाधन वेवारिसे जस्तै छरिएर रहेका छन् ।
भन्सार छलि गरेर नेपालमा सामान सहित छिर्ने क्रममा पक्राउ परेका यी सवारीसाधन खुला आकाशमुनि रहेकोले राम्रो अवस्थामा रहेका सवारीसाधन पनि खिया लागेर काम नलाग्ने अवस्थाका भएको स्थानीयकाे भनाइ छ ।
भन्सार कार्यालयले समयमै लिलामकाे सुचना प्रकाशित गरेर राज्यकाेषमा राजस्व उठ्ने स्थानीय सुरेश खड्काले बताए ।
भन्सार परिसरमा रहेका सवारीसाधन लाई टहरा बनाइ सुरक्षित राख्न सकेको भए घामपानि,शित र सामान हराउन बाट बच्ने उनको भनाइ छ ।वार्षिक दस करोड राजस्व उठाउने कार्यालयले ४/५ लाखको टहरा बनाएर जफत गरिएका साधन लाई सुरक्षित राख्नुपर्ने स्थानीय भरत साउँदले बताए ।
पक्राउ गरेका भन्सारमा बुझाएका सवारीसाधन चालू अवस्थामा हस्तान्तरण हुने भए पनि हाल ती साधनका पार्टपुर्जा निकालिएको अवस्था रहेको एक स्थानीयले बताए । भन्सार कार्यालय परिसरमा रहेका र मुद्दाको किनारा लागिसकेका सवारीसाधनकाे लिलामिका लागि प्रक्रिया यथासिघ्र हुने सत्ति भन्सार कार्यालयका प्रमुख दीनहरि सापकोटाले जानकारी दिए ।
हामीले आन्तरिक तयारी गरिसकेको अवस्था हो अब छिटोभन्दा छिटो सवारीसाधन कुन कस्तो अवस्थामा छन छुट्याएर लिलामका लागि प्रक्रियामा छिट्टै जाने सापकोटाले बताए ।
भन्सार कार्यालयमा १ सय वटा बाइक पत्रु( कटिङमा जाने ) ७० वटा अन्य र दर्ता भएका बाइक, ९ वटा अटो रिक्सा ,२ वटा पत्रु कार, १ वटा दर्ता भएको कार,१ वटा ट्याक्टर ,१ वटा ट्रलि रहेको कार्यालयका नायब सुब्बा पदम भट्टले जानकारी दिए ।
भन्सार कार्यालयमा अलपत्र अवस्थामा रहेका सवारीसाधनकाे लिलामि कहिले हुन्छ भन्ने प्रश्नको जवाफमा नायब सुब्बा भट्टले भने ” सबै तयारी भएको छ यातायात व्यवस्था कार्यालयका इन्जिनियर सहितको टाेलिकाे मुल्यांकन भए पछि लिलामिकाे प्रक्रिया अघि बढ्नेछ उनलेे भने ” ।


प्रकाशित : २०८१ श्रावण १३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!