टिकापुर / किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालले छैटौं डिष्ट्रिक्ट कन्भेन्सनको तयारी तिब्र भएको छ ।
यहि साउन २५ र २६ गते इटहरीमा हुने डिष्ट्रिक्ट कन्भेन्सनको तयारी कार्यक्रमको जिम्मेवारी सहित संयोजकहरुलाई परिचालन गरिएको छ ।
कन्भेन्सनको होस्ट स्थानिय किवानिज क्लब अफ इटहरीले गर्ने भएको छ । क्लवका अध्यक्ष मनिता तामाङले यो कन्भेन्सनलाई अवसरका रुपमा लिएको वताइन् । किवानिजको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ ।
‘१३९ क्लब ,२३ सय मेम्बर मध्य उक्त कन्भेन्सनमा ५ सय भन्दा बढी किवानिज प्रतिनिधिहरु देश तथा विदेशका विभिन्न भागबाट इटहरीमा एकैपटक आउँदा यहाँको पर्यटनले पनि गति लिने बताइएको छ ।
प्रकाशित : २०८१ श्रावण २२ मंगलवार प्रकाशित