लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकी गाउँपालिकामा थारु लोकचित्रकला तथा मुर्तिकला प्रवर्द्धन कार्यक्रम शुरु, पहिचान सँस्कार र धार्मिक महत्व जर्गेनागर्नु आवश्यकता अध्यक्ष: चौधरी

टिकापुर / जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पहिचान, सँस्कार र धार्मिक महत्वलाई जर्गेना गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

Oplus_131072


गाउँपालिकामा शुरु भएको थारु लोकचित्रकला तथा मुर्तिकला प्रवद्र्धन कार्यक्रम उद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले थारु समुदायमा कृष्ण जन्माष्टमीको चित्रकलाको महत्व धेरै रहेको भए पनि अहिले प्लेक्सप्रिन्टमा सिमित बन्दै गएको प्रति चिन्ता व्यक्त गरे ।
उनले यसले पर्वको महत्व र सँस्कार, परम्परा लोप सँगै विकृति ल्याएको बताए। थारु लोककलाको सम्भावना धेरै रहेकोले यसलाई व्यवसायिक रुपमा लैजान आजको आवश्यकता रहेको बताए ।

वडा नं. ८ का वडा अध्यक्ष तिर्थ राज उपाध्यायले सँस्कृति, धर्म र व्यवसाय सँगै जोडिएको कला हाम्रो पहिचान रहेकोले संरक्षण प्रति सबै जिम्मेवार बनेर जानुपर्ने बताए ।

कार्यक्रममा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रदिप अधिकारी कला सँस्कृतिको बारेमा जानकार भए पनि यसको संरक्षण र प्रवद्र्धनमा उदासिन नबन्न सबैलाई आग्रह गरे । आधुनिकताको नाममा कला, सँस्कृतिमा प्रहार भैरहेकोले संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।

जानकी गाउँपालिकाको सहयोग र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा ४ दिन सम्म संचालन हुने थारु लोक चित्रकला तथा मुर्तिकला प्रवर्द्धन कार्यक्रममा ३० जनाको सहभागिता रहेको छ भने प्रशिक्षण विष्णु चौधरी र प्रदिप अधिकारीले दिनेछन् ।


प्रकाशित : २०८१ भाद्र ८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!