लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ माेटरसाईकल जफत

सत्ति / भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे छ ।

शसस्त्र प्रहरीकाे केन्द्रीय ब्युराेटाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट पक्राउ गरेकाे हाे । शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाका अनुसार ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे सत्ति भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथाेकिले जानकारी दिए ।

नेपाल भित्र्याउन लागेकाे कपडामा १३६ पिस सुट,२९ पिस पर्दा,७८ मिटर ब्लाउजकाे कपडा,४३ पिस साडी,१० पिस लाैलिया,लेहङ्गा कपडा ६० मिटर, मलमल कपडा ९० मिटर,पैईन्ट कपडा ४५ मिटर, काेरा कपडा ४० मिटर र जर्जेट कपडा १२० मिटर रहेकाे सुब्बा बुढाथाेकीले बताए । शसस्त्र प्रहरीले पक्राउ गरेका माेटरसाईकल से ३ प ८१२८ ,से ३ प १६४७ ,से६प ९०४६ ,भे५ प ९२०७ ,भे१० प ९९१, से२ प ८४०२ र से४ प ९७८६ रहेकाे छ ।
सशस्त्रकाे केन्द्रीय प्रहरी टाेलिले ७ वटा माेटरसाइकल समात्न सक्ने तथापि मान्छेलाई भने समात्न नसक्ने रहस्यमय रहेको स्थानीयकाे भनाइ छ ।


प्रकाशित : २०८१ भाद्र १६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप