लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ति भन्सार भित्र बाटै सशस्त्र प्रहरीले पक्राउ गरेको माेटर साइकल गायव

सत्ति / टिकापुर स्थित सत्ति भन्सार कार्यालय परिसर बाट शनिबार राति सशस्त्र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको भे१० प ९९१ नम्बरको पल्सर माेटर साइकल आइतबार राति गायव भएको छ ।

शनिबार भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे थियोे जसमध्ये एउटा माेटर साइकल आइतबार राति ३ बजे तिर अज्ञात समुहले लिएको बताइएको छ। आइतबार राति करिब ३ बजेतिर ४/५ जनाको समुहमा आएर भन्सारको पछाडिबाट तार नाघेर माेटर साइकल लिएको सिसि क्यामेरा बाट देखिएको छ सत्ति भन्सारका नायब सुब्बा पदम भट्टले सुदुर सन्दर्भ लाई बताए । “रातिको समयमा भन्सार परिसरमा राखेको माेटर साइकल लिने व्यक्तिको पहिचान र खाेजि कार्य भैरहेको र यसबारे यातायात व्यवस्था कार्यालय धनगढी र नेपाल प्रहरीको हेडक्वाटरमा समेत जानकारी गराइनेछ” भट्टलेे भने ।

शसस्त्रकाे केन्द्रीय ब्युराे टाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट ७ वटा माेटर साइकल पक्राउ गरेकाे थियोे ।
सत्ति भन्सारका अनुसार पक्राउ गरिएका ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे छ ।
शसस्त्र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका माेटरसाईकल से ३ प ८१२८ ,से ३ प १६४७ , से६प ९०४६ ,भे५ प ९२०७ , से२ प ८४०२ र से४ प ९७८६ रहेकाे छ ।
सशस्त्रकाे केन्द्रीय ब्युरो प्रहरी टाेलिका अनुसन्धान इन्चार्ज सई लाेकेन्द्र चन्दकाे नेतृत्वको टाेलिले समातेको ७ वटा माेटरसाइकल समाते पनि एकजना व्यक्तिलाई पनि समात्न सकेको थिएन । सवारीसाधन समात्न सक्ने सशस्त्रले मान्छे समात्न नसक्नु रहस्यमय रहेको देखिन्छ एक स्थानीयले बताए । भन्सार कार्यालय बाट राति लगिएको माेटर साइकल धनी व्यापारीक पृष्ठभूमि भएका भएको र सशस्त्रका सइ लाेकेन्द्र चन्दकाे सम्बन्धका कारणले उनलेे ग्रिन सिग्नल दिएको कारणले साे माेटर साइकल गायव गरिएको विशेष स्रोतले सुदुर सन्दर्भ लाई बताएको छ ।


प्रकाशित : २०८१ भाद्र १६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!