सत्ति / नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसका अवसर पारेर नारायणपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाको आयोजना र रक्त सञ्चार केन टिकापुर शाखाको प्राविधिक सहयोगमा बुधबार बिहानदेखि रक्तदान कार्यक्रम सुरु गरिएको रेडक्रसका जिल्ला शाखा सदस्य टाेप बहादुर केसीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी(नेरेसो)ले बुधबार ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आफ्नो ६२औँ स्थापना दिवस मनाउन लागेको हो । स्थापना दिवसका अवसरमा नारायणपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको केसीले बताए । रक्तदान कार्यक्रममा ३ महिला ३७ पुरुष गरि जम्मा ४० पिन्ट रगत संकलन भएको उनलेे बताए ।
‘म सेवा गर्छु’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरि सञ्चालन गर्दै आएको रेडक्रस नारायणपुरकाे सभापति धनसरि काेइरालाले बताइन् ।
रक्तदान संगै स्थापना दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । रेडक्रस नारायणपुर उपशाखा सभापति धनसरि काेइरालाकाे अध्यक्षतामा भएको साे कार्यक्रमकाे प्रमुख अतिथि टिकापुर नगरपालिका ६ नं वडाका अध्यक्ष बलिराम चाैधरि रहेका थिए भने विशिष्ट अतिथि टिकापुर नगर विकास समितिका पुर्व अध्यक्ष फकिरसिंह कडायत रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य भिम विक ,रेडक्रस कैलालीका सदस्य टाेप बहादुर केसी लगायतका महानुभावले मन्तव्य राखेका थिए । कार्यक्रम विभित्र क्षेत्रका सामाजिक अगुवाहरुकाे सहभागीता रहेको थियो ।