बैदि / अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिले विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ। अस्थायी ट्राफिक प्रहरी कार्यालय सत्तिले साेमबार जनता राष्ट्रिय माध्यमिक विद्यालयका ५५ जना विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो।
अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिका इन्चार्ज प्रहरी हवल्दार जयहरि चन्दले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। “सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुर्याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ”, उनले भने।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी सचेतना कक्षा अन्य विद्यालयमा पनि दिने उनको भनाइ छ।
यस्तै विद्यालयको समन्वयमा थप सचेतना कक्षा समेत सञ्चालन गर्ने उनलेे जनाए ।