लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नारायणपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

नारायणपुर/ टिकापुर ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीले शुक्रबार बेलुवामामा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेकाे छ।

कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलेकाे थियाे। उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क मोतिबिन्दुको परिक्षण, निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएकाे थियाे।

शिविर विभिन्न संघसंस्थाको सहयोगमा भएको थियो। लक्ष्मी नारायण सहकारीको आयोजनामा भएको साे कार्यक्रममा श्रि कृष्ण आँखा अस्पताल टिकापुर,रेडक्रस नारायणपुर र किवानिज क्लब टिकापुर सहयोगी संस्थाहरु रहेका थिए।


शिविरको उदेश्य शेयर सदस्य तथा स्वास्थ्याेपचार बाट टाढा रहेका जनताको सेवा गर्नु तथा स्वास्थ्य सम्वन्धी सचेतना जगाई समृद्ध समाज निमार्ण गर्नु रहेको लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी का अध्यक्ष कपुरसिंह कडायतले बताएका थिए ।
शिविरबाट ५ सय ५८ काे आँखा परिक्षण भएको ८२ जनालाई चस्मा वितरण गरिएकाे बताइएको छ।


प्रकाशित : २०८१ मंसिर १५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!