लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित खक्राैलाबाट एक पक्राउ

खक्राैला / खक्राैला स्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जनालाई मंगलबार पक्राउ गरेको छ।
 
टिकापुर नगरपालिका- वडा नम्बर ९ खक्राैलामा भारत बाट नेपाल आउने क्रममा मंगलबार साँझ ८ बजे बाट स्रोत नखुलेको ५ लाख ७७ हजार नेपाली रुपैयाँ सहित टिकापुर नगरपालिका-७ घर भएका ४७ वर्षीय चन्द्रदेव जैशिलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैलाले पक्राउ गरेको हो।

जैशिलाई शंकास्पद अवस्थामा फेला पारी सशस्त्र प्रहरीले शरीर तलासी गर्दा उक्त नगदसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैलाका गुल्मपति डिएसपी पुर्ण चन्दले जनाए। जैशिलाई आवश्यक कार्वाहीका लागि सत्ति मुल भन्सार कार्यालय खक्राैलामा बुझाइएको उनलेे जानकारी दिए ।

स्रोत नखुलेको रकम गैरकानुनी हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ रहेको छ।


प्रकाशित : २०८१ मंसिर २६ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप