सत्ति / टीकापुर नगरपालिका वडा नम्वर ६ मा वडा स्तरिय लागु औषध न्युनिकरण समिति गठन गरिएको छ । कार्यवाहक वडा अध्यक्ष राजरानी चौधरीको अध्यक्षतामा १६ सदस्य समिति गठन भएको हो ।
जस्को संयोजकमा राजरानी चौधरी, सदस्यमा चतुरप्रसाद खनाल, मंगल पुन मगर, आशाराम चौधरी, अंगानु चौधरी, प्रेम बहादुर चौधरी, ठाकुराम चौधरी, ओमलाल सुनार, दुखत राम चौधरी, निशा देवी कडायत, सुमित्रा नायक, आस्था कुस्मी, जमुना देवी चौधरी, इश्वरी शाह, करण चौधरी र सदस्य सचिवमा सत्ती प्रहरी वारिष्ठ नायव निरिक्षक टेक बहादुर चन्द रहेका छन् ।
समिति गठन भए पछि प्रहरी वारिष्ट नायव निरिक्षक टेकबहादुर चन्दले समुदायमा लागु औषध र मापसेले गर्दा विभिन्न घट्ना घटिरहेकोले वडा स्तरीय न्युनिकरण समितिले प्रहरीलाई सुचना दिने र काम गर्न सजिलो हुने बताए ।