लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

माघि पर्व : परम्परा र संस्कृति

माघेसङ्क्रान्ति, मकर सङ्क्रान्ति वा माघी पर्वलाई माघ सङ्क्रान्तिको नामले पनि चिनिन्छ। माघ १ गते विशेषतः पश्चिम नेपालका थारु समुदायको बाहुल्यता भएको जिल्लामा यो पर्व धूमधामका साथ मनाइन्छ । यसले हिन्दु धर्म मान्ने अन्य जाति र समुदायमा पनि विशेष महत्त्व राख्दछ। । थारु संवत अनुसार २६४४ नयाँ आर्थिक वर्षको सुरुवात माघ महिनाबाट हुन्छ ।

अन्य समूदायले जसरी थारुहरुले नयाँ वर्षलाई विशेष बनाउनकै लागि विशेष तयारी पनि गरेका हुन्छन् । मगर समुदायले यसलाई आफ्नो विशिष्ट परम्पराअनुसार मनाउँछन् भने अन्य समुदायमा यसको महत्त्व र मनाउने तरिका फरक हुन सक्छ । ज्योतिषशास्त्र अनुसार, माघ १ गते सूर्य धनु राशि बाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । खगोलशास्त्रीय दृष्टिकोणले यो समय सूर्यले दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समय हो । धार्मिक मान्यता अनुसार, पुस १५ पछि दिन लामो र रात छोटो हुन थाल्छ ।
थारु समुदायका विभिन्न चाडपर्व मध्ये माघ पर्व (माघी) एउटा महान् एवं राष्ट्रिय पर्व हो । थारु समुदायमा माघी पर्वलाई स्वतन्त्रताको प्रतीक मानिन्छ । यो पर्व थारु समुदायका लागि सांस्कृतिक जीवनशैलीको अभिन्न अंग हो । यो पर्व थारु समुदायको आफ्नै गणप्रथा भित्रको नयाँ वर्षको रुपमा मानिन्छ । थारु समुदायले माघी पर्वको तयारी महिनौँअघि नै सुरु गर्छन् ।

दुना–टपरी बनाउने, काठ–दाउरा संकलन गर्ने, ‘जिता’(सुँगुर/खसी) खोज्ने, खानपिनको जोहो गर्ने, र नातागोता तथा इष्टमित्रलाई निमन्त्रणा गर्ने परम्परा छ । पुस मसान्तको दिन ‘जिता मार्ने’(पशु बलि दिने) परम्परा छ । थारु समुदायले माघी पर्वलाई विशेष महत्त्व दिनुको कारण यो पर्व नयाँ वर्षको सुरुवातसँगै वार्षिक योजना बनाउने, मतउ (नेता) र बड्घर (गाउँ प्रमुख) चुन्ने परम्परासँग जोडिएको छ । परम्परागत रुपमा यो पर्व नीति र नियम तय गर्ने समय हो । देशमा लोकतन्त्रको पुनस्र्थापनापश्चात आम ब्यक्तिहरुको ब्यापक संलग्नताले यो पर्वमा सकारात्मक परिमार्जन ल्याएको छ ।

थारु समुदायले माघी पर्वको तयारी पुसको अन्तिम साताबाट सुरु गर्छन् । यस क्रममा घर सफा गर्ने, चिसोमा आवश्यक पर्ने दाउरा संकलन गर्ने, र नजिकका वनमा ‘काठी कट्ना‘ (दाउरा लिन) जाने परम्परा छ । पुस मसान्तभन्दा केही दिन अघि खोल्सा, कुलो, र खोलामा माछा मार्न जाने चलन अझै पनि कायमै छ । दाङ सहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको यो पर्वको विशेष महत्त्व छ । थारु समुदायको जल, जमिन, जंगल र प्रकृतिप्रतिको प्रेम उनीहरुको खेती किसानीमा भएको ब्यापक संलग्नता नै माछा मार्ने परम्परामा पनि झल्किन्छ ।
माघी पर्वमा थारु समुदायले सुँगुर/बंगुर काट्ने परम्परा कायम राखेका छन् । अन्य समुदायले दशैं र तिहारमा खसी काट्ने परम्परा झैं, थारु समुदाय मा माघीमा सुँगुर काट्ने महत्त्वपूर्ण परम्परा हो । माघ १ गतेको बिहान भालेको डाकसँगै नजिकको खोला, नदी, ताल वा तलाउमा स्नान गरिन्छ, जसलाई ‘माघ लहान’ भनिन्छ । स्नान पछि पूजा गरिन्छ ।

यस क्रममा सिका पैसा राखेर पूजा गर्ने, अग्रज मान्यजनबाट आशीर्वादसहित चामलको सेतो टीका लगाउने, र घरमा आएर ‘निसराउ’ (उपहार) काढ्ने प्रचलन छ । इष्टमित्रसँग ‘स्यावा ढोग’(आशीर्वाद र सम्मान प्रकट गर्ने परम्परा) गरिन्छ र ढिक्री, बंगुरको मासु, तरुल जस्ता परिकार खाइन्छ । माघ पर्व थारु समुदायका लागि नयाँ वर्षको आगमन, स्वतन्त्रता दिवस, सामाजिक सद्भाव र सहिष्णुताको प्रतीक हो ।

थारु समुदायको आन्दोलनले करिब ३ दशकदेखि शान्तिपूर्ण रुपमा आफ्नो पहिचान, समानता, न्याय र अधिकारका लागि संघर्षरत छ । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म थारु समुदायले माघ पर्वलाई स्थान विशेषअनुसार माघ, माघी, तिलासङ्कराइत, खिचरा, खिचरी जस्ता फरक नामले मनाउँदै आएका छन् । कांग्रेस नेतृत्वको सरकारले कुप्रथा को रुपमा रहेको कमैयाँ र कम्लहरी मुक्त घोषणाले यो समूदायमा आत्मगौरव बढाएको छ । २०५९ सालदेखि थारु कल्याणकारी सभा र अन्य थारु संस्थाले काठमाडौँमा राष्ट्रिय स्तरको माघ महोत्सव भव्य रुपमा मनाउँदै आएको छ ।

थारु समुदायका जानकारका अनुसार माघी पर्वमा पुस मसान्तको रात सुँगुर वा खसीको मासु खाने, माघ १ गते बिहान दह, कुण्ड, नदी वा पोखरीमा नुहाउने, र घरमा चामल, मासको दाल,नुन र खुर्सानी प्रयोग गरी दिदीबहिनीका लागि निसराउ (उपहार) छुट्याउने परम्परा छ । त्यसपछि मान्यजनसँग आशीर्वाद लिने र ढिक्री, तरुल, गन्जी माछाको सिद्रा, घोँगी, सुँगुर र बंगुरको मासु जस्ता परिकार खाएर दिनभर रमाइलो गर्ने चलन छ । साँझमा भने मघौटा नाच र धमार गाउने सांस्कृतिक प्रचलन रहेको छ ।

माघ २ गतेदेखि थारु समुदायमा नयाँ आर्थिक वर्षको योजना तर्जुमा, अघिल्लो वर्षको समिक्षा र (भल्मन्सा कैलालीतिर) (बड्घर बर्दियातिर) मतउ र देशबन्ध्या (बर्का गुरुवा) दाङतिरको जिम्मेवारी हेरफेर गर्ने गरिन्छ । नयाँ नेतृत्व चयनका लागि परम्परागत लोकतान्त्रिक प्रक्रिया अपनाउने चलन पनि छ ।

घरभित्र भने छोराछोरीको विवाह, खेत जोत्ने योजना, र आगामी बालीका लागि छलफल हुने गर्दछ । पछिल्लो समयमा कमैया÷कमलरी कुप्रथा पूर्ण रुपमा हटेको छ । माघ पर्व अहिले सम्पूर्ण नेपाली समुदायले मनाउन थालेका छन् । यद्यपि, थारु समुदायका लागि यो विशेष सांस्कृतिक महत्त्वको पर्व हो यस पर्वले थारु समुदायको एकता, स्वतन्त्रता, र सांस्कृतिक पहिचानलाई अझै प्रबद्र्धन गरेको छ ।

देशका विभिन्न स्थानमा गरिने मेला महोत्सवले ढिक्री, घोँगी जस्ता परिकारहरुको ब्रान्डिङ गरेपछि अन्य समुदायले पनि यी परिकारको महत्त्व बुझ्न थालेका छन् । ढिक्री स्वास्थकर भोजन भएकोले यसको सांस्कृतिक र पोषणात्मक महत्त्व छ । माघी पर्वले थारु समुदायको सांस्कृतिक पहिचान र स्वतन्त्रता प्रेमलाई अभिव्यक्त गर्दछ । समयक्रमसँगै माघीले नयाँ रुप लिए पनि यसको मौलिकता र सांस्कृतिक महत्त्व अमूल्य छ ।

माघीको माध्यमबाट थारू समुदायको जल, जमिन र जङ्गलसँगको लगाव, उनीहरुको खेतीकिसानी प्रतिको संलग्नतालाई प्रतिफलयुक्त तुल्याउन सरकारले कृषि पेसामै लागेर जीवनयापन गर्न र गराउनका लागि कृषिमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ । उनीहरुको सामाजिक जीवनशैली र सांस्कृतिक विविधतालाई उचाइ दिन जरुरी छ ।


प्रकाशित : २०८१ पुष २९ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप