सत्ति / महिलालाई हुने पाठेघरको मुखको क्यान्सर बाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपीभी नामक भाइरस विरुद्ध दिने खोप बारे अभिमुखिकरण कार्यक्रम शुक्रबार सत्तिमा सम्पन्न भएको छ ।

Oplus_131072
शहरी स्वास्थ्य कार्यालय सत्तिकाे आयोजनामा भएको कार्यक्रममा वडा स्तरीय स्वास्थ्य व्यवस्थापन समिति ,वडाका विभिन्न विद्यालयका प्रमुख ,जनप्रतिनिधि ,संचारकर्मि र सराेकारवालाहरुकाे सहभागितामा भएको साे कार्यक्रममा “१० वर्ष देखि १४ वर्ष मुनिका किशोरी लाई खाेप लगाउन थालिएको शहरी स्वास्थ्य केन्द्र सत्तिका प्रमुख हिमाल सारुले भने।
एचपीभी भाइरस सँग संसर्गमा आउनु भन्दा अगावै किशोरकिशोरीलाई दिँदा यो खोप प्रभावकारी हुने मानिन्छ उनलेे भने । कार्यक्रममा एचपिभि भाइरस मानव शरिरमा पस्ने तरिका ,पाठेघरकाे मुखको क्यान्सरकाे परिचय ,राेकथामका उपायका बारेमा सत्ति शहरी स्वास्थ्य केन्द्रका प्रमुख सारुले जानकारी गराएका थिए ।
नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सर मध्ये शीर्ष स्थानमा रहेकोले अभियानको सुरुवात नेपाल सरकारले गरेको बताएका थिए। पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी)का कारण हुने बताइन्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अनुमति दिएको तथा चीनमा उत्पादित केकोलिन नामक खोप नेपाल सरकारले लगाउन लागेको हो।
“पाठेघरको मुखको क्यान्सरलाई खोपले धेरै हदसम्म रोक्न सकिन्छ। त्यसैले सरकारले थालेको उस अभियानमा सबैले साथ सहयोग दिनुपर्ने कार्यक्रममा सहभागीले प्रतिवद्धता जनाएका थिए।