लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीको डाक्टर घाटमा डल्लबसहित २ राँगा र ४ गोरु नियन्त्रणमा

कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको छ।

गएराति साढे ९ बजेतिर भजनी नगरपालिका–५ नजिकै पर्ने डाक्टर घाटबाट नेपालतर्फ ल्याइरहेका दुई राँगा र चार गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले राति कालिका सामुुदायिक वन नजिक पर्ने अवैध बाटो प्रयोग गरेर डाक्टर घाटबाट डल्लबसहित ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको बताए, तर मानिसहरु भने भागेका छन।

दुुई राँगाको अन्दाजी एक लाख, चार गोरुको २० हजार र तीन वटा डल्लबको ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ। बरामद गरिएको डल्लबसहित राँगा र गोरु कानुनबमोजिम सम्बन्धीत निकायमा बुझाइने प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ माघ २२ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप