अछाम / सडक दुर्घटना न्युनिकरणका लागि अछाममा सचेतना कार्यक्रम भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय,साँफेबगर अछामको आयोजनामा साँफेबगरमा साेमबार सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले “सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगर अछाम र इलाका प्रहरी कार्यालय साँफेबगर र साँफे बगर नगरपालिकाकाे संयुक्त अभियानमा सवारी दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा सम्बन्धि ट्राफिक जनचेतना अभिवृद्धिका लागि साे कार्यक्रम भएको हो । साे कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख जयहरि चन्दले जानकारी दिए । कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवार गराउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले जानकारी दिए ।
सवारी दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेकोले ।
सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको उनले बताए ।