लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रकृति लम्सालको शव आज नेपाल ल्याइने

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधवार नेपाल ल्याइने भएको छ।

भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको उनका आफन्तले जनाएका छन्। गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलेमा मृत अवस्थामा भेटिएकी थिइन्।

प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए। तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरूमाथि उल्टै आक्रमण र दुव्र्यवहार गरेको थियो। सयौँ नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको थियो। अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन्। केही नेपाल आइपुगेका छन्।

नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ। प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो। जसमध्ये पाँच जना २० हजार धरौटीमा छुटेका छन्। प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।


प्रकाशित : २०८१ फाल्गुन ७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप