टाढा टाढा सर्दै जाने पिपलुको छायाँ
छुटेर गएपनि भुल्नेछैनौँ माया।
यतिका बर्षसम्म पढाउनु भयो
छोरछोरीझैँ काखमा राखी बढाउनु भयो।
बुझ्छु कुरा हजुरकोनी कति मन रुन्थ्यो,
बिग्रन्छनकी भनेर सम्झाउनु हुन्थ्यो।
सारा जीवन हाम्रै लागि तिलाञ्जलि दिई,
हिड्नुभयो कति दिन त अाँशुभेल पिई।
भेटेपछि छुट्नैपर्ने सँसारको रित,
केही गुनासो बाँकी छैन हजुरहरुसित।
मुटुभरी बोकेर विद्यालयकै माया,
लाग्नैपर्ने बाध्यता भो हामी दायाँ बायाँ।
जिन्दगीले देखाईसक्यो रुप बहुरङ्गी,
सँगै बस्न पाउँदैनौँकी अब साथी सङ्गी।
कोही पढ्लान् इन्जिनियर कोही पढ्लान् नर्स,नअाउनेपो हो की अब कैल्यै यस्तो हर्ष।
सधै एकनास नरहने समयको खेल,
यहीबेला बर्सियो यो अाँशुको भेल।
हिजोपनि वनको बाघले घोर्ले पाठो खायो,कति छिट्टै स्कुल छोडी जाने दिन अायो।।
-नारायण पाण्डे
रत्न राज्य लक्ष्मी क्याम्पस
काठमाण्डाै नेपाल