लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

आराेप प्रत्यारोप होइन,विवेकको बिर्को खाेलेर समस्याको समाधान निकालौंः सम्पादकीय

यतिबेला टिकापुर नगरपालिका फेरि चर्चामा छ । तालाबन्दीले गर्दा । लोकतन्त्रमा आफ्नो मत जाहेर गर्ने ,आलोचना गर्ने , शान्तिपूर्ण अभियान चलाउने, सडकमा पुग्ने, प्रदर्शन गर्ने वा आफ्ना एजेन्डा प्रस्तुत गर्ने विषय स्वाभाविक हो । अहिले टिकापुर नगरपालिकामा तालाबन्दी दुई हप्ता बढी देखि भएको छ ।

एकपक्ष अर्को पक्ष बिच संवादको स्थिति शुन्य छ । यसले लोकतन्त्रको सबलीकरण हुन्छ कि आराेप प्रत्यारोप र प्रतिक्रियाको राजनीति मात्रै ? आफ्नो एजेन्डालाई शान्तिपूर्ण ढंगले उठाउने अधिकारलाई नगर प्रमुखले सम्मान गर्नुपर्छ । यो एजेन्डामा मात्रै होइन अन्यका हकमा पनि यही तर्क लागू हुन्छ ।

अहिले नगरपालिकामा भएको यो चुनौती सैद्धान्तिक होइन, व्यवहारिक हो । जसको जवाफ जवाफदेहिताबाट दिनुपर्छ । आफूभित्र लोकतन्त्र, गणतन्त्र वा संघीयता फलाउन र फुलाउन नसक्नेले संवाद गर्ने वातावरण नगरेर विरोधमा मात्र उत्रिएर म मात्रै विकासकाे संवाहक हुँ भन्नु विरोधाभासपूर्ण हो ।

अब प्रतिकार होइन, जवाफदेहिता सहित संवादमा बस्नुपर्छ । यदी नगरको हितै नै चाहेको हो भने नगरपालिका तालाबन्दी भएको यतिका हप्ता हुँदा पनि ,जनतालाई सास्ती हुँदा पक्ष र विपक्ष बिच खै समाधानको लागि समन्वय र पहल भएको ?

तालाबन्दी गर्ने पक्षको माग कसरी सम्बाेधन गर्ने ,के गरेर हुन्छ, कुन शुत्र प्रयोग गरेर हुन्छ ताला खुलाउन तर्फ लाग्नुको सट्टा बाहिरै अस्थायी कक्ष बनाएर कतिञ्जेल बस्ने हो । नगरप्रमुखको नेतृत्व प्रभावकारी हुनका लागि केवल उनले मात्र निर्णय गर्नुपर्ने कुरा होइन, सबै पक्षसँग मिलेर, समन्वय र सहकार्यमा काम गर्नुपर्छ।

नगरवासिको भलो सराेकारवालाहरुकाे सहकार्य बाट मात्रै नगरपालिकाको विकास सम्भव छ ।
नगरप्रमुख ,कार्यपालिका ,कर्मचारी र नगरवासिको संयुक्त प्रयासले मात्र नगरपालिकामा सकारात्मक परिवर्तन ल्याउन सक्छ अझै भनौं नगरमा विकास र सुशासन कायम हुन्छ भन्ने कुरा नगरप्रमुखले भुल्नु हुँदैन ।

नगरप्रमुखकाे पदमा रहेर जनताको सेवा गर्ने जिम्मेवारी पाएका नगरप्रमुखको दायित्व भनेको समाजका हरेक क्षेत्रमा विकास र सुधार ल्याउनु हो। तर अहिले टिकापुर नगरपालिकामा नगरप्रमुखले जिम्मेवार भूमिका निर्वाह नगरी, अनावश्यक बाटो अपनाएको देखिन्छ, यसले नगरपालिकामा नकारात्मक असर पुर्याउँछ । दुई पक्षको यो भाले जुधाइले नगरवासि नागरिक हाँस्छन् र हाँसिरहेका पनि छन ।

यो निकास विनाको ढिलाइले नगरको काममा निष्क्रियता र अव्यवस्था ल्याउँछ। यसले नगरपालिकाका महत्वपूर्ण योजनाहरू र प्रगतिको गति सुस्त पार्छ। जसका कारण नगरवासीको जीवनमा प्रत्यक्ष असर पर्दछ र यसले गर्दा नगर सुधारका लागी बनाइएका योजनाहरू असफल हुन्छन । यसले नगरपालिकाको छविमा नकारात्मक असर पार्दै, जनविश्वासलाई समेत कमजोर बनाउँछ।

त्यसैले, नगरप्रमुखले जुँगाकाे लडाइँ होइन वास्तविक स्थितिको मूल्यांकन गरेर सही निर्णय लिनु महत्त्वपूर्ण छ। यसले नगरप्रमुखलाई थप सफल बनाउँछ र नगरवासीको विश्वास जित्नमा मद्दत पुर्याउँछ। वेराेजगारि,बेथिति महंगि ,भ्रष्टाचारका कारण एकातिर जनता विस्फोटनको सँघारमा छन् । कसैलाई पाखा लगाएर, आरोप प्रत्यारोप गरेर, खेदेर होइन एउटै टेबलमा बस र निष्कर्ष निकाल, निकास देऊ, जग नहँसाउ ! पानी माथिको ओभानो बन्ने दुष्प्रयास कसैले नगर , मनन गर ।

देश काल परिस्थिति हेर, माटो हेर, आआफ्ना गल्ती कमजोरीहरू स्वीकार गर । एकै ठाउँमा बसेर आत्माआलोचना गर । अहिले पाएकाे पदकाे भरपुर सहि उपयाेग गर प्रयोगशाला मात्र नबनाऊ । नगरवासिका लागि एउटा नयाँ मोडेल, नयाँ डिजाइनमा जाऊ, समय बलवान हुन्छ । समयसँग खेलबाड नगर । एकता कायम गर, आगो नियन्त्रण गर । आगे जो मर्जी !


प्रकाशित : २०८१ चैत्र १२ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप